२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

 सिमरामा वर्थिङ सेन्टर निर्माण हुँदै

२०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित ( साल अघि) ११२७ पाठक संख्या

सिमरा, जेठ ११ः सिमरामा वर्थिङ सेन्टरको शिल्यान्यास गरिएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र सिमराद्वारा निर्माण गर्न लागिएको प्रसुति भवन अर्थात वर्थिङ् सेन्टर भवनको एक कार्यक्रमका वीच मंगलबार शिलन्यास गरिएको हो ।
सांसद सुन्दर विश्वकर्माको सहयोगमा प्रदेश सरकारबाट प्राप्त बजेट २० लाख रुपियाँको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले सिमरा र यसका आसपास क्षेत्रका वासिन्दालाई बीरगञ्ज, हेटौंडा, भरतपुर जस्ता ठाउँमा प्रसुतिका लागि धाउन नपरोस भनेर प्रदेश सरकारले उक्त सेन्टरका लागि रकम छुट्याएको बताउनुभयो । शिलान्यास कार्यक्रममा वडा नं २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठ, जनप्रतिनिधिहरू शोभा कार्की, रामचन्द्र अधिकारी, चिनीमाया परियार लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा राजनीतिज्ञ तथा समाजसेवी दिनेश राई, नेरामावि सिमराका प्रधानाध्यापक शंकर कुमार आचार्य, समाजसेवी सरिता सुब्बा, विरेन्द्र बासकोटा,लगायत अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, उपभोक्ता समितिका अध्यक्ष हरि चौधरी लगायतको उपस्थिति रहेको थियो । शिलन्यास कार्यक्रममा सिमरा प्राथमिक स्वास्थ केन्द्रका अशोक जैशवालले स्वागत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%६%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु