२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

किसानले उत्पादन गरेको दुधको भाउ घट्यो, उपभोक्ता भने उही मूल्य तिर्न वाध्य

२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ( साल अघि) ६७८ पाठक संख्या

बिदुर खडका,
बारा,जेठ–२४ः बजारमा हरेक सामानको मूल्य अकासिँदै गइरहेको अवस्थामा किसानले उत्पादन गरेको दुधको मूल्य भने घटेको छ । गोठदेखि ओठसम्म, जन्मदेखि मृत्युसम्म नभै नहुने दुधको मूल्य उपभोक्ताहरूले भने उही मूल्यमा खरिद गर्नु परिरहेको छ ।
दुध उत्पादक किसानहरूले उत्पादन गरेको दुधको मूल्यमा भने प्रति लिटर ३ देखि ४ रुपयाँसम्म मूल्य घटेको डुम्मरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टीकाराम न्यौपानेले बताउनुभयो ।
उहाँले लकडाउनका कारण बजारीकरणमा समस्या भएकोले पाउडर दुध बनाउनको लागि मूल्य घटाउन बाध्य भएको जिकिर गर्नुभयो । दुध उत्पादक किसान सीता तिवारी बजारमा गाई भैँसीलाई खुवाउने दाना तथा चोकरको मूल्यमा वृद्धि भएको र दुधको मूल्य चाहिँ घटेकोले आफू र अन्य किसानहरू समस्यामा परेको बताउनुहुन्छ ।
डुम्मरवाना दुग्ध उत्पादक सहकारी संस्थाले जीतपुर सिमरा क्षेत्रका २३ सय किसानबाट दैनिक १० हजार लिटर दुध संकलन गरी देशका बिभिन्न भागमा वितरण गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु