सिमरा, १५ असारः जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा अनिश्चित बन्दै गएपछि नगरसभा बोलाउन नगरका जनप्रतिनिधिहरूले माग गरेका छन् । प्रत्येक वर्षको असार १०गतेभित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरी असार २०गतेसम्म पारित गर्नुपर्ने कानुनी व्यवस्था भएपनि असारको १५ गते हुँदासम्म नगरसभा उद्घाटन समेत नभएपछि नगरका जनप्रतिनिधिहरूले नगरसभा बोलाउन माग गर्दै निवेदन बुझाएका छन् । जनप्रतिनिधिहरूले जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख, प्रशासकीय प्रमुखको उपस्थितिमा नगर प्रमुख डा.कृष्ण पौडेललाई निवेदन पत्र पेस गरेका हुन् ।
उनीहरूले नगरसभ ागर्न पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसेको बताएका छन् । जनप्रतिनिधिहरुले निवेदनमा कानुन निर्माणसहित योजना बनाउन सक्ने व्यवस्थापकीय अधिकारनिहित रहेको नगरसभालाई निस्प्रभावी बनाउने षडयन्त्र भएको उल्लेख गरेका छन् ।
हेर्नुहोस् हस्ताक्षरसहितको निवेदनः