२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

विवाद समाधानसँगै नेपाली काँग्रेस बाराको चौधौँ जिल्ला अधिवेशन सुनिश्चित

२०७८ अषाढ १७, बिहिबार मा प्रकाशित ( साल अघि) १२९९ पाठक संख्या

सिमरा, १७ असारः बाराका विभिन्न गाउँपालिका र नगरपालिकाका ३२ वटा वडाहरूमा नेपाली काँग्रेस पार्टीभित्र देखिएको आन्तरिक विवादहरूलाई अन्तिम समयमा केन्द्रीय निर्वाचन समितिले टुङ्ग्याएसँगै जिल्लाको १४ औं अधिवेशन सुनिश्चित भएको छ । नेपाली काँग्रेसको स्थानीय तह संगठन पुनरसंरचना आन्तरिक निर्देशिका २०७६ अनुसार समायोजन गर्ने सिलसिलामा बारा काँग्रेस पार्टीभित्रको आन्तरिक विवादहरूलाई समायोजन गरी केन्द्रीय निर्वाचन समितिले बुधबार बारा जिल्लाका लागि परिपत्र जारी गरेपछि जिल्लाको १४ औँ अधिवेशन पनि समयमा नै हुने निश्चित भएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मुस्लिम विभागका प्रमुख फरमुला मन्सुरले बारा जिल्लाको अधिवेशन समयमा हुने सुनिश्चित भएको बताउनुभयो । उहाँले यस कुरामा ढुक्क रहन कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ । यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव मनोज भट्टले ढिलै भएपनि केन्द्रले गरेको निर्णय स्वागत योग्य भएको बताउनुभयो ।

 

1625134094965

1625134094961

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु