२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमराको नगरसभा छिट्टै हुन्छः उपप्रमुख चौधरी

२०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित ( साल अघि) ४७० पाठक संख्या

सिमरा, १८ असारः जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा छिट्टै हुने नगर उपप्रमुख सरस्वतीदेवी चौधरीले बताउनुभएको छ । आन्तरिक तयारी पूरा गरी केही दिनमै नगरसभा गर्ने उपप्रमुख चौधरीले बताउनुभएको हो ।

1625219960423

फाइल तस्विरः सामाजिक सञ्जाल

नगरभित्रका समस्या केलाई योजनाहरूको प्राथमिकीकरणका आधारमा बजेट विनियोजन गर्ने योजना भएको पनि उहाँले बताउनुभएको छ । नगरभित्र बेथिति बढेको व्यापक जनगुनासो आएको छ नि भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ ,“समयमै नगरसभा गर्न नसक्दा जनगुनासो आउनु स्वभाविक नै हो ,यसले हामीलाई अझ थप हौसला, प्रेरणा दिई सकारात्मक बजेट ल्याउन सहयोग गर्दछ । यस वर्षको राजस्व लक्ष्य पनि पूरा भएको छ । ”
उपप्रमुख चौधरीले नगरवासीको आवश्यकताको योजनालाई गत वर्षजस्तै यसवर्षको बजेटमा पनि प्राथमिकता दिने दावी गर्नुभयो । उहाँले गत वर्ष विकासका लागि छुट्याइएको बजेट रकमको सही सदुपयोग होस् भनेर अनुगमन गर्दै आएको पनि जिकिर गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु