२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बालिका सलिनाको उपचारका लागि लायन्स क्लव अफ सिमरा युथको नगद सहयोग

२०७८ अषाढ २०, आईतबार मा प्रकाशित ( साल अघि) ४२८ पाठक संख्या

सिमरा, २० असारः बाराको जितपुर सिमरा उपमहानगरपालिका निवासी क्यान्सर रोगले पीडित एक बालिकालार्ई लायन्स क्लव अफ सिमरा युथले उपचार खर्चबापत नगद सहयोग गरेको छ ।क्यान्सर रोगले ग्रस्त सलिना ढकाललाई उपचारका लागि लायन्स क्लव अफ सिमरा युथले २६ हजार रुपैंया नगद सहयोग गरेको हो ।

1625390581068

शनिवार पीडित ढकालको घरमा पुगेर लायन्स सिमराको प्रतिनिधिहरुले उक्त रकम आमा सुस्मिता न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । आर्थिक अभावमा सलिनाको उपचारमा समस्या भएपछि उनको परिवारले सहयोगको याचना गर्दै आएको छ ।गत फागुनमा सलिनालाई क्यान्सर भएको पत्ता लागेको थियो । उक्त समय यता उनको उपचारमा परिवारले ऋणधन गरेर लाखौं खर्च गरिसकेको जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएकाकारण सलिनाको उपचारमा समस्या भैरहेको आमा सुस्मीताले बताउनु भयो । हाल सलिनाको कान्ती बाल अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ ।

उपचार खर्च धान्दै समस्या भएपछि विभिन्न संघसस्थाहरुसँग परिवारले सहयोगे अपेक्षा राखेको हो । बालिका सलिनाको उपचारका लागि लायन्स क्लबले पहिलो किस्ता स्वरुप उक्त रकम प्रदान गरेको अध्यक्ष हंकल्पित न्यौपानेले बताउनु भयो । क्यान्सर पीडित बालिकाको उपचारका लागि सहयोग रकम नेपाली कांग्रेस जीतपुरसिमराका नगर सभापति श्यामबाबु गुप्ता, लायन्स क्लव अफ युथ सिमराका अध्यक्ष न्यौपाने, सदस्यहरु सरोज खनाल ,त्रीलोक बित्रम शाह ,बसन्त खतिवडा, राजकुमार लामा, कपिल खरेल , गोविन्द चौधरी, सुशान्त शाह, दिवाकर भण्डारी, किशन ढकाल, कमल तिवारी, ईश्वर ,निलिशा बर्मा, मिथलेस महतो लगायतबाट जुटाइएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु