२०८१ कार्तिक २१, बुधबार
नयाँ
पछिला अपडेट

स्थानीय सरकारले अपाङ्गता भएका ‘ग’ र ‘घ’ वर्गका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिने

२०७८ अषाढ २३, बुधबार मा प्रकाशित ( साल अघि) ५७८ पाठक संख्या

सिमरा, २३ असारः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा अपाङ्गता भएका ‘ग’ र ‘घ’ वर्गलाई पनि सामाजिक सुरक्षा बापतको भत्ता दिने भएको छ । उपप्रमुख सरस्वती देवी चौधरीको अध्यक्षतामा बसेको अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, स्थानीय समन्वय समितिको बैठकले अपाङ्गता परिचयपत्रमा भत्ता नपाउनेको हकमा विपन्नसहित सबै ‘ग’ र ‘घ’ वर्गमा परेका कुनै पनि किसिमको रोजगारीमा संलग्न नभएका अपाङ्गता भएका व्यक्तिहरूलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हो ।

1624364141562 (1)

उपमहानगरले आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि नै भत्ता उपलब्ध गराउने भएको छ । ‘ग’ वर्गका अपाङ्गता भएकालाई मासिक ७ सयका दरले र ‘घ’ वर्गकालाई मासिक ५ सयका दरले उपलब्ध गराउन लागेको  अपाङ्ग समन्वय समितिका संयोजक एवं उपप्रमुख सरस्वतीदेवी चौधरीले जानकारी दिनुभयो । गत आर्थिक वर्षको योजनामा  समावेश पालिकाको आन्तरिक श्रोतबाट‘ग’ र ‘घ’वर्गको अपाङ्गता भएकालाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णयलाई कार्यान्वयन गरिएको उहाँले जानकारी दिनुभयो ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई भने राज्यले विगतका वर्षहरूदेखि नै सामाजिक सुरक्षा अन्तरगत अपाङ्गता भत्ता उपलब्ध गराउँदै आएको छ । स्थानीय सरकारले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई समेत भत्ता उपलब्ध गराउन लागेकोमा आफूलाई निकै खुसी लागेको अपाङ्ग सेवा सँघ बाराका पूर्वअध्यक्ष एवं सल्लाहकार गंगा वाग्लेले बताउनुभयो ।

विगतमै परिचयपत्र वितरण गरिएकाहरूलाई २०७७ साउनदेखि २०७८ असार मसान्त सम्मको अपाङ्ग भत्ता प्रदान गरिने व्यवस्था गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख अधिकृत सीमा यादवले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु