२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सूर्य नेपालद्वारा एम्बुलेन्स हस्तान्तरण

२०७८ श्रावण ६, बुधबार मा प्रकाशित ( साल अघि) ७८६ पाठक संख्या

सिमरा, ६ साउनः बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले जितपुरसिमरा नगर उद्योग बाणिज्य) संघलाई आधुनिक र स्तरीय १ थान एम्बुलेन्स हस्तान्तरण गरेको छ।

FB_IMG_1626879768256

कम्पनीको परिसरभित्र कम्पनीका जनरल मेनेजर श्री प्रभाकर बिक्रम शाहले एम्बुलेन्सको साँचो नगर उद्योग बाणिज्य संघका अध्यक्ष श्री संजय साहलाई हस्तान्तरण गर्नुभएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा कम्पनीको तर्फबाट कमर्सियल म्यानेजर उमेशजङ्ग थापा, ई.सुरेशकाजी श्रेष्ठ, यज्ञबहादुर आले, माधव खनाललगायतको उपस्थिति रहेको थियो भने नगर उद्योग बाणिज्य संघको तर्फबाट बरिस्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने, उपाध्यक्ष मनोज गुप्ता, महासचिव शिवजी साह, कोषाध्यक्ष अमर यादव, उद्योग सचिव एवं एम्बुलेन्स संचालन समितिका संयोजक लक्ष्मण अधिकारीको महत्वपूर्ण उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाको स्वास्थ प्रतिनिधिसमेतको उपस्थिति रहेको थियो । एम्बुलेन्स प्राप्तिपछि नगर उद्योग वाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले सबैको सहकार्य र समन्वयमा स्वाथ्य र शिक्षा क्षेत्रमा सेवा गरिने बताउनुभयो । यस्तै उहाँले उद्योगी र व्यवसायीलाई आइपर्ने जुनसुकै समस्या समाधान गर्न उद्योग वाणिज्य सँघले पहल गर्ने दावी गर्नुभयो । शर्माले सरकारसँग उद्योगी, व्यवसायीहरूलाई कोभिड खोपको लागि अपिल गरिएको वताउनुभयो ।
नेपाल सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउने सूर्य नेपालले सामाजिक उत्तरदायित्वको पाटोमा महत््वपूर्ण योगदान स्वरूप कोबिड १९ महामारीको विषम परिस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरेकोमा उद्योग वाणिज्य सँघले कम्पनी परिवारप्रति धन्यवाद व्यक्त गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु