२०८१ आश्विन २२, मंगलबार
नयाँ
पछिला अपडेट

पर्यटन प्रवर्द्धनका लागि वन मन्त्रालय र होटल तथा पर्यटन व्यवसायीबीचको अन्तर्कृया सम्पन्न

२०७८ श्रावण १६, शनिबार मा प्रकाशित ( साल अघि) ५५५ पाठक संख्या

सिमरा, १६ साउनः पर्यटन प्रवर्द्धनका लागि उद्योग, पर्यटन तथा बन मन्त्रालयद्वारा आयोजना गरिएको प्रादेशिक होटल तथा पर्यटन ब्यवसायी सम्मिलित अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश २ मा रहेको पर्यटनसम्बद्ध स्टेकहोल्डर सस्थाहरुको महत्वपूर्ण उपस्थितिकाबिच प्रदेश सरकारको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमसहित बजेटको बिषयमा बृहत् अन्तर्कृया सम्पन्न भएको हो ।

FB_IMG_1627709695756

सो अवसरमा नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २ नामक सस्थालाई उद्योग , पर्यटन तथा वन मन्त्रालय प्रदेश २ मा सूचीकृत गरी विभिन्न पर्यटनसम्बन्धि कार्यक्रम गर्नका लागि एमओयू गरेर अगाडि बढन अनुरोधसहित संस्थाको बिधान प्रतिलिपी १ थान, बैठक पुस्तिकाको निर्णयको प्रतिलिपी १ थानसहित निवेदन १ थान महासंघका अध्यक्ष हिरालाल गौतमले सचिव डा. रामचन्द्र कडेलज्युलाई हस्तान्तरण गर्नुभएको होटल तथा पर्यटन व्यवसायी महासँघ प्रदेश नं २ का महासचिव मोहनशर्मा लामिछानेले बताउनुभयो ।

FB_IMG_1627709701245

मन्त्रालयका सचिव डा. रामचन्द्र कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष श्री हिरालाल गौतम, चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन नेपालका केन्द्रीय परिषद अध्यक्ष युवराज लामा, होटल एसोसिएसन नेपालका प्रदेश २ अध्यक्ष विजय झुनझुनवाला, फोनहेट प्रदेश २ का उपाध्यक्ष विष्णु साह, फोनहेट प्रदेश २ का महासचिव एवं एनएटिटिए प्रदेश २ का अध्यक्ष श्री मोहन शर्मा लामिछाने, कोषाध्यक्ष बैकुण्ठ सापकोटा, सचिव तवरेज आलमलगायत प्रदेश सदस्य तथा जिल्ला पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा प्रदेश २ को बजेट नीति तथा कार्यक्रमको बारेमा मन्त्रालयका अधिकृत बेचन महतोले प्रस्तुतीकरण गर्नुभएको थियो । प्रदेश २ मा रहेको पर्यटकीय गन्तब्यहरुको डिजिटल मार्केटिङ र ब्राण्डिङ्ग गर्नका लागि के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा एनालक इन्क डिजिटल मार्केटिङका आशुतोश अग्रवालले प्रेजेन्टेसन गर्नुभएको थियो । कार्यक्रममा हिरा गौतम, युवराज लामा, बिजय झुनझुनवाला, विष्णु साहले मन्तव्य राख्नु भएको थियो । अन्तमा उठेका जिज्ञासाहरुमाथि प्रकाश पार्दै सचिव कँडेलले कार्यक्रम समापन गर्नुभएको वताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु