२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमरा दुर्गन्धित बन्दै, महामारी फैलने चिन्ता

२०७८ श्रावण १७, आईतबार मा प्रकाशित ( साल अघि) १००५ पाठक संख्या

बिदुर खडका
सिमरा, १७ साउनः बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा फोहोर व्यवस्थापन नहुँदा स्थानीयबासी मर्कामा परेका छन् । गएको दुई हप्ताअघिदेखि उपमहानगरपालिकामा फोहोर उठाउन कसैले चासो नदिएपछि सिमरा बजार र आसपासका गाँउटोल समेत दुर्गन्धित बनेका छन् ।
फोहोर नउठ्दा यसको दुर्गन्धले सर्वसाधारणमा कोभिडको त्राससंगै महामामारीजन्य रोग ल्याउने सम्भावना पनि उत्तिकै रहेको भन्दै स्थानीयबासीको चिन्तित बनेका छन् । जितपुर सिमरा नगर क्षेत्रमा फोहोर व्यवस्थापनका लागि भनेर घरघरबाट रकमसमेत उठाउने गरिएको छ । तर फोहोर नउठाएर नगरले जनताको स्वास्थ्यमा खेलबाड गरेको स्थानीयबासीको आरोप छ ।
फोहोर व्यवस्थापनका लागि के छ त नगरको योजना ? नगर उपप्रमुख सरस्वतीदेवी चौधरीले गतवर्ष सम्झौता गरिएको फोहोर उठाउने ठेकेदारको म्याद सकिएको र अर्को व्यवस्था नहुन्जेल वडाहरूले फोहोर व्यवस्थापन गर्ने कुरा भएको तर काम हुन नसकेको बताउनुभयो ।
यता वडा नं १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडा नं २ का वडाध्यक्ष तिलक श्रेष्ठ नगरले डम्पिङ् साइड वरपरका स्थानीय बासिन्दाको स्वाथ्यप्रति कुनै चासो नदिएकाले फोहोरमैलाबाट धेरै किसिमका रोग फैलने भन्दै स्थानीयले समेत अवरोध गरेको बताउनुहुन्छ ।
उता नगरप्रमुख डा. कृष्ण पौडेलले भने फोहर व्यवस्थापनको लागि जग्गाको खोजी भईरहेकोले चाँडै व्यवस्थापन गरिने छोटो प्रतिक्रिया दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु