२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

यूवाको सहभागिताबिना संसारको कुनै पनि परिवर्तनहरू दीगो नहुने तरुण अध्यक्ष जीतजङ्ग बस्नेतको भनाइ

२०७८ श्रावण २८, बिहिबार मा प्रकाशित ( साल अघि) ११९९ पाठक संख्या

काठमाडौं, २७ साउन ः यूवाहरूको सहभागिता र संलग्नता बेगर संसारको कुनै पनि परिवर्तनहरूले संस्थागत रूप लिई दिगो हुन नसक्ने नेपाल तरुण दलका केन्द्रीय अधयक्ष जीतजङ्ग बस्नेतले बताउनुभएको छ ।

FB_IMG_1628759759410

संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउन आईपरेको जिम्मेवारीलाई सहर्ष पूरा गर्न नेपाल तरुण दल केन्द्रीय समितिले सम्पूर्ण यूवाहरूलाई एउटै एजेण्डामा एकाकार हुन आव्हान पनि गरेको छ ।

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष बस्नेतले नेपाल तरुण दल केन्द्रिय समिति नेपाल लगायत संसारभर बसेका युवाहरुलाई अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमाा शुभकामना व्यक्त गर्नुृृभएको हो ।उहाँले राष्ट्र राष्ट्रियताको प्राण युवाहरु हो भन्दै आर्थिक विकास र समृद्धिको आधारशिला, लोकतन्त्र र परिवर्तनको संवाहक, न्याय समानता र समतामुलक समाजको जग निर्माण गर्ने शक्ति , अनाथ असाहय र गरिबहरूको सहारा, वर्तमानको साक्षी र भविष्यको मेरुदण्ड, ईच्छाशक्तिले भरिपुर्ण अथाह जोश र जाँगरले सिँचित प्रवृति साहसिक व्यक्ति, विचार, सिद्धान्त र दृष्टिकोणले परिपक्क मानिस, असिम आँट र हिम्मतको खानी, विकसित प्रविधिको खोज अनुसन्धान र परिक्षण गर्न योग्य बौद्धिक जमातहरु युवा भएको बताउनुभयो ।

त्यस्तै केन्द्रीय अध्यक्ष बस्नेतले शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि, खेलकुद कलाकारिता, उद्योग अनि उद्धम मार्फत नेपाली समाजलाई नयाँ उचाईमा पुर्याउने ताकत राख्नेहरु, आफूलाई सक्षम र सशक्त बनाउँदै विश्व माझ नेपाल राष्ट्रको पहिचानलाई अक्षुण राख्दै नेपाल र नेपालीलाई बीरताको गाँथाको रूपमा चिनाउने माध्यम, ज्ञान, शिप, क्षमता, चेतना र विवेकको समयमा नै प्रयोग गरी समस्याहरूसँंग जुध्न सक्ने सामर्थ्य राख्नेहरू युवा भएको हुनाले विश्व युवा दिवसको अवसरमा संसारभर बसेका युवाहरूमा शुभकामना व्यक्त गर्नुृभएको छ ।

Received_546854486746359

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु