२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

(इन्स) महिला समितिद्वारा तीज विशेष सांस्कृतिक बहस कार्यक्रम हुँदै

२०७८ भाद्र १२, शनिबार मा प्रकाशित ( साल अघि) ९९३ पाठक संख्या

काठमाडौं, १२ भदौः नेपाली महिलाहरूको महान चाड हरितालिका तीज २०७८, को पावन अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिद्वारा आउँदो भाद्र १९ गते साँझ ५ः०० बजे भर्चुअलरुपमा “तीज विषयक साँस्कृतिक वहस“ कार्यक्रम आयोजना हुने भएको छ ।

“तीज विषयक साँस्कृतिक वहस“ कार्यक्रममा शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा.सावित्री मल्ल कक्षपती र ज्ञानु अधिकारी वक्ताको रुपमा उपस्थित हुनुहुने आयोजकले बताएका छन् । कार्यक्रममा तीज विशेष गीत ,गजलसमेत प्रस्तुत गरिनेछ साथै कार्यक्रममा विशिष्ट वत्ताबाट प्रस्तुत भएका विचारहरु हरितालिका तीजका विविध पक्षको सन्दर्शमा विशेष सन्देश प्रवाह हुने आसा गरिएको छ ।

संसारभरका नेपालीलाई आपसमा जोड्दै नेपाल र नेपालीको हित र विकासमा काम गर्ने उद्देश्यका साथ गठित इन्सले नेपाली भाषा–साहित्य, संस्कृति, महिला अधिकार लगायतका बिषयमा निरन्तररुपमा विभिन्न सेमिनार तथा सम्मेलनहरू गर्दै आएको छ । संस्थाले पछिल्लो पटक कोभिड –१९ को महामारीले आक्रान्त भएको समयमा संसारका विभिन्न देशमा बस्ने नेपालीहरूको आर्थिक सहयोगमा नेपालका धेरै ठाउँहरूमा अक्सिजन, अत्यावश्यक स्वास्थ सामग्री, खाद्यान्न लगायतका सहयोगसमेत गरेको थियो । आगामी दिनमा पनि समाजसँग प्रत्यक्ष सरोकार राख्ने; सामाजिक, सांस्कृतिक, शैक्षिक,साहित्यिक, चेतनामुलक विविध गतिविधिमा संस्था सक्रिय रहने कुरा समितिका अध्यक्ष डा.रेणुका सोलुले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु