२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा गैह्रीटोलमा तेस्रो भेट्रान कप २०७८ सुरु

२०७८ आश्विन १, शुक्रबार मा प्रकाशित ( साल अघि) ६९४ पाठक संख्या

सिमरा,१असोजः जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ गैह्रीटोलमा तेस्रो भेट्रान कप २०७८ आजदेखि सुरु भएको छ ।

1631880520275

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि सुरु भएको फुटबल प्रतियोगिता असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगिताको एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव एवं वरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले उद्घाटन गर्नुभयो ।

1631883804726

उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सदस्य सचिव लामाले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रसंगै पर्यटन प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो ।
चालिस वर्षभन्दा माथिका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा २० वटा भेट्रान टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया पाउनेछ । प्रतियोगिताको प्रायोजकमा आर.एन ईन्टरप्राईजेज सिमरा र सह प्रायोजकमा यु आर गोल्ड प्रिमियम मसला चिया रहेको बताइएको छ । प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशेली युथ क्लबका अध्यक्ष बिशाल घिमिरेले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य शोभा कार्की, नेकपा एकीकृत समाजवादी युवा संघका केन्द्रिय सदस्य गणेश रिजाल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे, वडा नम्बर २ का वडा सदस्यहरू रामचन्द्र अधिकारी, चिनिमाया परियार, नाटा प्रदेश नम्बर २ का अध्यक्ष मोहन शर्मा, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सत्य श्रेष्ठ, समाजसेवी रवीन्द्र खकुरेल, सिमरा फाउण्डेशन सिमराका अध्यक्ष आरिफ हुसेन, वडा नम्बर ३ का वडा सचिव अनिल बिश्वकर्मा, युवा व्यवसायी उमेश चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

1631880636021

 

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु