२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

श्रमिक साकोस सिमराको ११ औँ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा बेनी तिमल्सेना

२०७८ आश्विन २, शनिबार मा प्रकाशित ( साल अघि) १०७५ पाठक संख्या

सिमरा, २ असोजः श्रमिक वचत तथा ऋण सहकारी संस्था लिं सिमराको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

1631955867969

१ हजार ८ सय शेयर सदस्य रहेको श्रमिक साकोसका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्ष्यतामा भएको उद्घाटन कार्यक्रममा बारा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, बरिष्ठ सहकारीकर्मी मुकुन्दबहाादुर क्षेत्री, जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुशुधन सिटौला, सप्तरङ्गी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु अधिकारी, सङ्गालो साकोसका अध्यक्ष शालिकराम अधिकारी, स्थानीमाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष माधव त्रिपाठी, पत्रकार विदुर खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका वरिष्ठ लेखा परीक्षक नारायण पण्डित, लेखा समिति सदस्य ठूलाकाजी थापा लगायतको उपस्थिति रहेको थियो ।

1631955834227

सञ्चालक समितिका सदस्य प्रेम वस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका व्यवस्थापक सचिता बरालले स्वागत गर्नुभएको थियो ।

अध्यक्षमा बेनी तिमल्सेना
साधारण सभाले बेनी तिमल्सेनाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । यसैगरी उपाध्यक्षमा यमनाथ ओझा, सचिव रविशंकर केशरी, सहसचिव मनहरी अधिकारी, कोषाध्यक्ष यमबहादुर क्षेत्री रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा सङ्गीता कुमारी लामा, मिठु बस्नेत, राजकुमार प्याकुरेल, प्रेम बस्नेत, बिमला बस्नेत, भीम सापकोटा, नारायण खतिवडा, केशवप्रसाद सुवेदी र पार्वती नेपाल रहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु