२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

रूपान्तरण युवा क्लवको पाचौँ साधारणसभा सम्पन्न

२०७८ आश्विन ९, शनिबार मा प्रकाशित ( साल अघि) ६५८ पाठक संख्या

 

सिमरा, ९ असोजः बाराको सिमरामा रहेको रूपान्तरण युवा क्लबको पाचौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

Received_389470229418190

क्लबको सभाहलमा भएको साधारण सभाको प्रमुख आतिथ्यता क्लबका जेष्ठ सदस्य बोधनाथ सुवेदीले गर्नुभएको थियो । क्लवका अध्यक्ष मधुसुदन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सचिव लक्ष्मण अधिकारीले पेस गर्नु भएको संस्थागत प्रतिबेदन तथा कोषाध्यक्ष भरत पौेडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य शोभा कार्की, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, समाजसेवी शिव शर्मा, राधाकृष्ण सामुदायिक वनका अध्यक्ष सत्य श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य रामकुमार अर्यालको तथा सञ्चालन सचिव लक्ष्मण अधिकारीको रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु