२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

गजल वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७८ आश्विन ९, शनिबार मा प्रकाशित ( साल अघि) ७६३ पाठक संख्या

सिमरा, ९ असोजः एकसय ५६ औँ मोति जयन्तीको अवसरमा गजल वाचन तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । नेपाली साहित्य समाज ( नेसास), न्यूजिल्याण्ड, अन्तराष्ट्रिय नेपाली समाज अन्तरगतको महिला समिति र भाषा तथा साहित्य समितिले अनलाइन गजल वाचन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको भएको थियो । कार्यक्रममा नेपालले आज वाचित हरेक गजलले वर्तमान गजल लेखनका पक्षलाई उजागर गरेको बताउनुभयो । उहाँले वाचित गजलले वर्तमान परिस्थितिलाई ध्वन्यात्मक रूपमा प्रस्तुत गरेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा अर्का अतिथि प्रमोद रोदनले लेखाइबाट परिमार्जन हुँदै जाने कुरा औंल्याउनुभयो । कार्यक्रममा अतिथि गजल वाचनका रूपमा डा. केशव शर्मा, दीप मिलन र सोम अनुराग वस्नेत रहनुभएको थियो ।
कार्यक्रममा शोभा दाहाल, अनिता साह, प्रमोद पाण्डे, सीता अधिकारी, गोपाल प्रसाद कँडेल, लिली अधिकारी, विन्दा पराजुली, दिक्षा भण्डारी, नमिता दवाडी, अन्जान मुनालगायतले स्वतन्त्र गजल वाचन गर्नुभएको थियो ।
अन्तराष्ट्रिय नेपाली समाज महिला समितिका अध्यक्ष डा. रेणुका सोलुले आफ्नो गजल वाचनका साथ राज्यका हरेक मूलधारमा महिलालाई समेट्नका लागि, नेपाली भाषा साहित्य क्षेत्रमा अगाडि बढाउन यस्ता कार्यक्रमहरू गर्दै आएको बताउनुभयो । कार्यक्रममा भाषा तथा साहित्य समितिका अध्यक्ष डा. जानुका नेपालको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन डा. वीरेन्द्र केसीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु