२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिटौलाको रोजाइमा मन्त्री बन्ने चर्चामा उमाकान्त चौधरी

२०७८ आश्विन २०, बुधबार मा प्रकाशित ( साल अघि) १४९४ पाठक संख्या

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा यतिबेला मन्त्री बन्ने चर्चामा उमाकान्त चौधरीको नाम पनि अग्रपंतिमा आएको छ ।

1633532376789

बारा क्षेत्र नम्वर एकबाट प्रतिनिधि सभा सदस्य हुनुभएका चौधरी बाराका मात्र नभएर देशकै लोकप्रिय नेता हुनुहुन्छ । नेपाल विद्यार्थी सँघको राजनीतिबाट राजनीतिमा सक्रिय रहेका चौधरी त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसको उपसभापति समेत बन्नुभएको थियो । मधेशबाट नै पहिलोपटक उपसभापति भन्नुभएका चौधरी गिरिजा प्रसाद कोईराला, बिजयकुमार गच्छादार, खुमबहादुर खड्का लगाएतका नेपाली काँग्रेसका वरिष्ठ नेताहरुको नजरमा सक्रिय नेताको रुपमा परिचित रहनुभएको थियो । नेविसघपछि तरुण दलको केन्द्रिय सदस्य हुदै ३२ बर्षकै कलिलो उमेरमा बारा क्षेत्र नम्वर १ बाट २०५६सालमा प्रत्यक्ष ससदमा लडेर भारी मतले चौधरी बिजय हुनुभएको थियो । पहिलो पटक सासद हुदा नै कृषि राज्यमन्त्रि बन्नुभएका चौधरीले आफ्नो पालामा कृषिमा केहि नया आयम थप्ने काम गर्नुभएको थिये । साथै नीजगढको लाल बकैयाको तटबन्धन, खानेपानी समस्या समधानमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थिये । २०५६मा कृषि राज्यमन्त्रि हुदै २०६४मा प्रत्यक्ष प्रतिनिधि सभामा निर्वाचित हुनुभएका चौधरी स्वास्थ्य मन्त्रि बन्नु भएको थियो। स्वास्थ्य मन्त्रि हुदा स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेखनीय योगदान पुर्याउनु भएका चौधरीले देश भरी उपस्वास्थ्य चौकी निर्माण, महिला स्वयमसेबिकालाई भत्ता, स्वास्थ्य बिमालगायत ठुला हस्पिटल निर्माणमा,पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गरि सरकारी बिद्यालयमा पढने बिद्यार्थीलाई एमवीवीयस पढने कोटाको ब्यवस्थासमेत गराउनु भएको थियो ।दोस्रो पुस्ताको लोकप्रिय छबिका नेताको रुपमा परिचय बनाएका चौधरी नेपाली काग्रेसको केन्द्रिय सदस्यमा ३पटक निर्वाचित भैसक्नु भएको छ। हाल२०७४सालमा समेत भारि मतले बिजय भएका चौधरि देशभरिका युवाहरुको बिच लोकप्रिय हुनुहुन्छ। निडर र स्वस्छ छबि बनाएका चौधरी मधेशमा काग्रेसलाई टिकाई राख्न कोसेढुङ्गाको रुपमा स्थापित हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु