२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

महिला सहकारी सञ्जाल गठनमा राजनीतिक असर

२०७८ आश्विन २०, बुधबार मा प्रकाशित ( साल अघि) ४३६ पाठक संख्या

बिदुर खडका
सिमरा, २० असोजः नेकपा एमालेको फुटको बिभाजनले महिला सहकारीकर्मीहरूमा समेत असर परेको छ । बारामा जिल्लास्तरीय महिला सहकारी संञ्जाल गठन गरिएको प्रति जिम्मेवार निकाय नै दुविधामा रहेको छ । जिल्ला स्तरीय महिला सहकारी संञ्जाल गठनप्रति बिभेद रहेको गुनासो आईरहेका बेला बचत तथा ऋण सहकारी संघका बारा अध्यक्ष सतेन्द्र ठाकुरले भने कडा प्रतिक्रिया दिँदै असहमति जनाउनुभएको छ ।
विशुद्ध महिला नेतृत्वले संञ्चालन गरेको सहकारीहरूलाई जानकारी नै नदिई संञ्जाल गठन गरेकोप्रति धेरै सहकारीकर्मीहरूले असहमति जनाएका छन् ।
सबै महिला सहकारीकर्मीहरूलाई नसमेटेको भनि गुनासो आईरहेका बेला साना किसान कृषि सहकारी संघका बारा जिल्ला अध्यक्ष मिश्रीलाल सहनीले भने गठन प्रक्रियामा आफ्नो सहभागिता रहेपनि सबैलाई समेटेर समायोजन गर्ने जिम्मा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला रिमालले लिनु भएको दावी गर्नुभयो ।
यता जीतपुर सिमरा उपमहानगरअन्तरगतको सहकारि बिभागका प्रमुख दुर्गा न्यौपानेले भने आफूलाई कसैले खबर नगरेकोले यस विषयमा आफू अनभिज्ञ रहेको प्रतिकृया दिनुभएको छ ।
तर संञ्जालका जिल्ला संयोजक कमला अधिकारी रिमालले भने प्रदेश सहकारी बिभाग र जिल्ला संघसंगको सहमतिमा संञ्जाल गठन गरेको र आगामी बैठकले सबै छुटेका सहकारी अभियन्ताहरूलाई समेटेर लाने जिकिर गर्नुभएको छ ।
बिगतमा सहकारी संञ्जाल गठन गर्दा पनि बिभेदपूर्ण रहेको र हाल पनि एक महिला सहकारीकर्मीले अर्कोलाई निषेधको भावना लिनु दुर्भाग्य हुनु बचत तथा ऋण सहकारी संघ बाराका सचिब राजु अधिकारीको धारणा रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु