२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

निकै कम सर्ने सरुवा रोग भनिएको कुष्ठरोगबाट गत आ.वमा बारामा सय जना प्रभावित

२०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित ( साल अघि) १३८२ पाठक संख्या

सीता अधिकारी
सिमरा, ४ कात्तिकः कुष्ठरोगलाई निकै कम सर्ने सरुवा रोग भनिए पनि बारा जिल्लामा गत आर्थिक वर्षको असारसम्म १ सय जना कुष्ठरोग प्रभावितले औषधी सेवन गरेका छन् ।

1634804705022

बाराको सिमरामा आयोजित ३ दिने ‘सामाजिक कार्यकर्ताका लागि सेफगार्डिङ तालिम’ को सुरुवातका क्रममा सो कुराको जानकारी गराइएको हो । दि लेप्रोसी मिसन नेपाल बाराका कोअडिनेटर त्रिलोक कुमार मण्डलका अनुसार ९५ जना डिडक्सनमा रहेका छन् । जसमा ९१ जना निको भएका र डिफल्डर ४ जना रहेका छन् ।
के हो कुष्ठरोग ?
दि लेप्रोसी मिसन नेपाल बाराका कोअडिनेटर मण्डलका अनुसार

1634806079061

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोग बढी किटाणु भएको एम. बी र कम किटाणु भएको पी. बीको नामले चिनिन्छ ।
कसरी सर्छ ?
यो निकै कम सर्ने सरुवा रोग भएपनि उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट सर्न सक्छ । सामान्यतया यो रोग सरेको २ देखि ५ वर्षभित्रमा कुष्ठरोगको चिन्ह र लक्षण देखा पर्ने दि लेप्रोसी मिसन नेपालका बरिष्ठ सामाजिक कार्यकर्ता रामहरी रेग्मीले जानकारी दिनुभयो ।

1634806059792

लक्षण कस्ता कस्ता ?
छालामा रातो वा फुस्रो दाद आएमा, अनुहार वा शरीरमा गीर्खाहरू देखिएमा, कानको लोति बाक्लो र चम्किलो देखिएमा लगायतका लक्षणहरू कुष्ठरोगको लक्षण हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
औषधी कहाँ पाइन्छ ?
नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्यचौकी, तथा प्रेषण केन्द्रमा कुष्ठरोगको औषधी निशुल्क पाइन्छ । नेपाल सरकारले उपचार पूरा गरेका तथा विशेष सेवाका लागि भर्ना हुने कुष्ठरोग प्रभावितलाई यातायात खर्च पनि उपलब्ध गराउने गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु