२०८२ जेष्ठ २६, आईतबार
नयाँ
पछिला अपडेट

महाकवि देवकोटा जयन्तीको अवसरमा इन्सद्वारा वृहत् कार्यक्रम आयोजना,देवकोटा तत्कालिन समयका अग्रणी बुद्धिजीविः प्रा.डा अवस्थी

२०७८ कार्तिक १५, सोमबार मा प्रकाशित ( साल अघि) ९५८ पाठक संख्या

सिमरा, १५कातिकः अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत भाषा तथा साहित्य समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा आइतबार वृहत कार्यक्रम आयोजना गरेको छ । महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा महाकविप्रति श्रद्धा र सम्झना व्यक्त गर्दै उहाँका अमर कृति र योगदानको चर्चा साथै सिर्जना वाचन गरिएको थियो ।
देवकोटा तत्कालिन समयका अग्रणी बुद्धिजीविः प्रा.डा अवस्थी
कार्यक्रममा नेपाली भाषा तथा साहित्यका मुर्धन्य व्यक्तित्व प्रा. डा. महादेव अवस्थी प्रमुख वक्ताको रुपमा रहनु भएको थियो । महाकवि देवकोटाका बारेमा दशकौँ अध्यापन गर्नुभएका तथा देवकोटाको व्यक्तित्व तथा कृतित्वमाथि भएका अध्ययन अनुसन्धानमा निर्देशन एवम् समालोचकको भूमिका निर्वाह गर्नु भएका अवस्थीले महाकवि देवकोटा नेपालका तत्कालिन समयका अग्रणी बुद्धिजीवि, दर्शन, अध्यात्मका ज्ञाता रहेका उल्लेख गर्नुभयो । प्राडा अवस्थीले देवकोटाको शाकुन्तल भावना र कल्पनाको उच्च उडानले भरिएको, मुनामदन कवितातत्व र आख्यानतत्वले पूर्ण भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा महालक्ष्मी अधिकारीले देवकोटासम्बन्धी टिप्पणी प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यक्रमबारेको समीक्षा इन्सका अध्यक्ष अर्जुन घिमिरेले गर्नुभएको थियो ।
शुभकामना तथा स्वागत
कार्यक्रममा इन्स महिला समितिका अध्यक्ष डा. रेनुका सोलु, जर्मनी राष्ट्रिय कार्य समितिका उपाध्यक्ष मुना कार्कीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो कार्यक्रममा प्रमुख अतिथिलगायत उपस्थित स्रष्टालाई भाषा साहित्य समितिका उपाध्यक्ष शेषकान्त पण्डितले स्वागत गर्नुभएको थियो ।
रचना वाचन
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै अमेरिकाबाट लालगोपाल सुवेदी, नेपालबाट डा.रेनुका सोलु, सीता अधिकारी, विन्दा पराजुली(जापान), विक्रम याक्खा (मलेशिया), शोभा दाहाल (नेपाल), प्रभा पन्त (नेपाल), दुश्यन्त भट्टराई(नेपाल), गंगा भण्डारी( बेलायत), निर्मला न्यौपाने (इँगल्याण्ड), प्रमोद पाण्डे( नेपाल), विन्दु अधिकारी(स्कटल्याण्ड), दुर्गा भवानी (नेपाल), प्रतीमा केसी (यू के), रोमकान्त सापकोटा(क्यानडा), अनिता घिमिरे (स्कटल्याण्ड )ले लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धाभाव अर्पण गर्दै रचना वाचन गर्नुभएको थियो ।
सञ्चालन तथा सभाध्यक्षता
इन्स भाषा तथा साहित्य समितिका चैतन्य अधिकारीले सहजीकरण गर्नुभएको भर्चुवल कार्यक्रममा भाषा तथा साहित्य समितिका अध्यक्ष जानुका पौडेलको सभाध्यक्षता रहेको थियो । प्रविधि संयोजन इन्स महासचिव अर्जुन श्रीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु