२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आफूमाथि लगाइएको आरोप निराधार भएको साना किसान सहकारीका मुख्य प्रबन्धक क्षेत्रीको जिकिर

२०७८ कार्तिक १७, बुधबार मा प्रकाशित ( साल अघि) ११२८ पाठक संख्या

डुमरवाना,१७ कातिकः पटक पटक आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै निराधार साना किसान सहकारी संस्था डुमरवानाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले बताउनुभएको छ । आज संस्थाको सभाहलमा आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा उहााले आफूले विनियममा नै रहेर काम गरेको दावी गर्नुभयो ।

1635960434003

कार्यक्रममा सञ्चालक प्रदीप बरालले विभिन्न १९वटा विषयक्षेत्रमा आफू प्रष्ट हुन चाहेको भन्दै वुँदा प्रस्तुत गर्नुभएको थियो । क्षेत्रीले पत्रकार सम्मेलन, अन्तरक्रियामा उठाइएका सवाल, प्रश्नहरु, आरोपहरु त्था संस्थाको वास्तविकता प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित सहकारीकर्मी राजु अधिकारी तथा अनिल मैनालीले संस्थालाई विवादरहित बनाएर अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा उपस्थित अधिकाँश वक्ताले साना किसान सबैको संस्था भएकोले यसको मर्यादामा आँच आउन नदिन आग्रह गरेका थिए ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था डुमरवानाकाक अध्यक्ष विश्वनाथ लामिछाने, साना किसान जिल्ला सँघका उपाध्यक्ष कन्हायीलाल थारु, साना किसान मनहर्वाका अध्यक्ष नयनकला खड्का, जीतपुर सिमरा उपमहानगरपालिकावडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेलगायत पार्टी प्रतिनिधि, शेयर सदस्य सहित करिव सय जनाको उपस्थिति रहेको थियो ।
२०४५ सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्थाका नौ हजार ६३ जना शेयर सदस्य रहेका छन् । संस्थाले करिब एक अर्व १२ करोड भन्दा बढिको कारोवार गरिरहेको बताइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु