२०८१ श्रावण ३, बिहिबार
नयाँ
पछिला अपडेट

सकियो छठ, हटेन विभेद

२०७८ कार्तिक २५, बिहिबार मा प्रकाशित ( साल अघि) ३६६ पाठक संख्या

विदुर खड्का
सिमरा, २५ कातिकः प्रत्येक वर्ष छठ आउँछ, जान्छ तर छठीमाइ पूजामा भने विभेद देखिन्छ । सबै जातिकी साझा मानिएकी छठीमाता पुज्ने क्रममा भने विभेद हुँदै आएको छ ।

1636642436241

छठ तराईबासीको महान पर्ब हो । धार्मिकस्थल छठ घाटमा जातीय छुवाछुतको चरम बिभेद देखिन्छ । बर्षभरि दुरगन्धित रहने तलाउ पैनीह एकदिन भनेनि सफा सुग्घर बनाइन्छ तर जातीय मनको मैलो हटाएर एकै ठाउँमा पूजा आजा गर्न नसकेको देखिन्छ ।

1636642456236

इता जीतपुर सिमरा उपमाहानगरपालिका वडा नं १२ का जननिर्वाचित अक्लीदेबी माझीलाई भने यो छुवाछुत पटकै मनपरेको छैन । सबैजातीको देउता साझा भएपनि उपल्लो जातिहरुको बहुमत भएकोले छठमंन्डप बेग्लै भएको माजीको भनाई छ ।
राजनीतिकरुपमा जुनसुकै तंन्त्र आएपनि उपल्ला जातिका मानिसहरुले भने पुर्खा देखि चलेको परंम्परा भएको छुवाछुत यथावत रहेको बताउछन ।
यसैवीच नेकपा एमाले बाराका अध्यक्ष देबनारायण चौधरीले भने आफनो क्षेत्रमा बिभेद नरहेको र अरु क्षेत्रमा पार्टिको बिधान घोषणा पत्रको बिरुद्धमा चलेको नेता तथा कार्यक्रताहरुले नै बिभेद न्यूनीकरण गर्न नसकेको स्वीकार्नुहुन्छ ।
सरकारी तथा गैर सरकारी संस्था, पालिकाहरुले हरेक बर्ष जातिय बिभेदको बिरुद्धमा करोडै रकम खर्चगरेको भएपनि जातीय छुवाछुत यथावत रहेको बताउछन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु