२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेस जीतपुरसिमरा वडा नं ३को अधिवेशन सर्वसम्मत सम्पन्न

२०७८ कार्तिक २९, सोमबार मा प्रकाशित ( साल अघि) १२२८ पाठक संख्या

सिमरा, २९ कातिकः नेपाली काँग्रेसको जीतपुरसिमरा उप महानगरपालिका वडा नं ३ को अधिवेशन सर्वसम्मतरुपमा सम्पन्न भएको छ ।

1636966417634

निवर्तमान वडा सभापति पुष्कर रायमझीकै सभापतित्वमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको हो ।
कार्यसमितिका उपसभापतिमा रवीन्द्रराज श्रेष्ठ र मुक्तिनाथ खतिवडा, सचिवमा उमेश खतिवडा र भूवराज पराजुली, सहसचिवमा पार्वती कानु र पुकार रायमाझी चयन हुनुभएको छ त्यस्तै सदस्यहरुमा रेनु सापकोटा र निरञ्जन सुवेदी, केदार कार्की, इन्दु ढोडारी सापकोटा, सृष्टि साह, विष्णु खनाल, प्रियङ्का देवी कानु, दिलमाया सिग्देल, विष्णु खनाल, शान्ता ज्ञवाली चयन हुनुभएको छ ।
क्षेत्रीय प्रतिनिधि चयन
वडा नं ३बाट क्षेत्रीय प्रतिनिधिका लागि पनि सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् । क्षेत्रीय प्रतिनिधिहरुमा प्रत्यक्षतर्फ डा. शोभाकर पराजुली, इच्छाबहाहदुर वाग्ले, ओम कार्की, पुस्कर रायमाझी, सुसिल ढोडारी, दिनेश सुवेदी, रवीन्द्र राज श्रेष्ठ, केदार कार्की, नारायणी रायमाझी, इन्दु ढोडारी सापकोटा, शान्ता ज्ञवाली चयन हुनुभएको छ । त्यस्तै आरक्षित कोटाबाट प्रियंकादेवी कानु(मधेषी),कृष्णचन्द्र श्रेष्ठ –जनजाति), अनत राउत थारु –थारु चैधरी), निरञ्जन सुवेदी (खस आर्य ), सुनिल राज पुरी –दलित) र दिलमाया सिग्देल (महिला)कोटामा निर्वाचित हुनुभएको निर्वाचन प्रतिनिधि विजय यादवले बताउनुभयो ।
उद्घाटन कार्यक्रम
कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको नामको घोषणा सभाभन्दा अघि वडा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै सविधानसभा सभाषद डा. शोभाकर पराजुलीले काँग्रेस पारदर्शी पार्टी भएको र राजनीतिक दलमा काँग्रेस भित्र नै जीवन्तताभएको विचार व्यक्त गर्नुभयो ।

1636969840947

त्यस्तै बारा क्षेत्र नं ४ क का प्रत्यासी उम्मेदवार ओमकृष्ण कार्कीले सङ्गठनको विस्तार गरेर नेपाली काँग्रेसलाई जिताउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल हाउजि» एसोसिएसनका केन्द्रीय अध्यक्ष एवं व्यवसायी इच्छाबहादुर वाग्लेले काँग्रेस नै विकासको सम्भावक भएको बताउँदै वडा नं ३मा वडा कार्यलय स्थापनाका लागि ५ हजार रुपियाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।

1636969811821

वडा सभापति पुष्कर रायमाझीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा नेपाल महिला सँघकी केन्द्रीय सदस्य एवं जीतपुरसिमरा उपमहानगरका उपमेयरकी प्रत्यासी नारायणी रायमाझी, समाजसेवी हरि अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सुसिल ढोडारीले गर्नुभउको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%३%१%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु