२०८२ बैशाख ६, शनिबार
नयाँ
पछिला अपडेट

एमाले कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराऊ, पार्टी फेर्नेलाई वडाध्यक्ष बनाएको भन्दै आपत्ति

२०७८ मंसिर ५, आईतबार मा प्रकाशित ( साल अघि) २२९२ पाठक संख्या

सीता अधिकारी,
सिमरा, ५ मंसिरः वर्षौँ वर्ष पार्टीमा योगदान गरेका व्यक्तिको मूल्यांकन नगरी पार्टी फेर्दै हिड्ने अवसरवादीलाई वडाको अध्यक्ष बनाएको भन्दै नेकपा एमालेका कार्यकर्ताले सिमरामा नगर पार्टी कार्यालय घेराउ गरी नवगठित वडा कार्यसमितिका वडाध्यक्ष बहिस्कार गर्ने घोषणा गरेका छन् ।

1637481774268

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ का एमाले कार्यकर्ताहरुले आज सिमरास्थित एमाले पार्टीको नगर कार्यलयमा घेराउ गर्दै पार्टी फेर्दै हिड्ने व्यक्तिलाई एमाले वडाको अध्यक्ष बनाएको भन्दै विरोध गरेका हुन् ।

1637480455275

एमालेबाट माओवादीमा प्रवेश गरी २३ नं वडाबाट निर्वाचित वडा अध्यक्ष भएका अस्लम देवानलाई एमाले पार्टीले आफ्नो संगठनको वडा अध्यक्ष बनाएकोमा स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी बनेका मुस्ताखी अन्सारीले आफूभन्दा जुनियरलाई वडाध्यक्ष दिएकोमा आपती रहेको बताउनुभयो ।

1637480545618

उहाँले यस विषयमा पार्टीको ध्यानाकर्षण गराउन गाउँका सम्पूर्ण कार्यकर्ता पार्टी कार्यालय घेराउ गर्न तथा डेलिगेशन आएको बताउनुभयो ।
यता नेकपा एमाले जिल्ला कमिटिका सदस्य भोला अधिकारी पार्टी भित्रको बफादार कार्यकर्तालाई नै वडा अधिवेशनबाट पार्टीको निर्णयले अध्यक्ष बनाएको दावी गर्नुहुन्छ ।

1637480505036

माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष अस्लम देवान औपचारिक रुपमा नै एमाले पार्टीमा आइसकेकोले देवानलाई अध्यक्ष बनाएको जिल्ला कमिटि सदस्य अधिकारीको जिकिर छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%१%७%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु