२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

काँग्रेस नीजगढको नगर अधिवेशनबाट सभापति तिमल्सिना प्यानलसहित बिजयी

२०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

 

नीजगढ, १० मंसिरः नेपाली काग्रेस निजगढको नगर अधिवेशनबाट सभापति पदमा ९१ मत प्राप्त गरी नवराज तिमल्सिना प्यानलसहित बिजयी भएका छन् ।

1637914360348

निजगढ नगरपालिका वडा नम्बर ८ को निजगढ व्याङ्गकुट पार्टी प्यालेसमा सम्पन्न भएको अधिवेशनमा तिमल्सिनाको प्यानल निर्वाचनबाट निर्वाचित भएका हो ।

नगर कार्य समितिको नेतृत्वको लागि कांग्रेस भित्र दुई प्यानलबीच मतदान भएको थियो । सभापति तिमल्सिनाका प्रतिस्पर्धी महेशी कुँवरले ७७ मत प्राप्त गरेका थिए ।मतदानमा १७२ मध्धे १६९ मत खसेको थियो । अधिवेशनबाट नगर कार्यसमितिमा आगामी कार्यकालको लागि उपसभापतीमा रामकृष्ण सिग्देल र ज्ञान बहादुर गोले, सचिवमा अम्वीर सिंतान र मधु तिमल्सिना र सहसचिवमा बुद्वीमान शाही र सोपिला गुरुङ निर्वाचित भएका हुन ।

यस्तै अन्य ४४ जना भने सर्वसम्मत भएको बताईएको छ । अधिवेशनबाट ५१ सदस्यीय कार्य समति चयन भएको हो ।

वडा अधिवेशनमा जस्तै नगर कार्यसमितिको नेतृत्वमा चयनमा पनि काग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। कुवँर नेतृत्वको प्यानललाई काग्रेस नेता शम्भुबहादुर बुढाथोकीको समर्थन रहेको थियो भने तिमल्सिनाको प्यानललाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षको समर्थन रहेको थियो।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु