२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

मायादेवीको ‘जिन्दगी’ विमोचन

२०७८ मंसिर ११, शनिबार मा प्रकाशित ( साल अघि) ८५१ पाठक संख्या

काठमाडौँ, ११ मंसिरः वेलायतलाई कर्मथलो बनाउँदै आउनुभएका अनेसासका केन्द्रिय सदस्य कवि मायादेवी गुरुङद्वारा लिखित कविता कृति ‘जिन्दगी’को आज एक समारोहविच विमोचन भएको छ ।

1638030085656

 

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डाक्टर जगमान गुरुङज्यूको प्रमुख आतिथ्यतामा उक्त कृतिको विमोचन भएको हो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षतामा भएको ऊक्त कार्यत्रममा प्राज्ञ माया ठकुरी,बिओटी सल्लाहाकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङ, अनेसास सल्लाहाकार राधेश्याम लेकाली, सुमलकुमार गुरुङ, समाजसेवी रत्नबहादुर गुरुङ, सत्यराज गुरुङ, विजय गुरुङ, अनेसास नेपाल च्याप्टरका सल्लाहाकार प्रा.डा. रामप्रसाद दाहाल, समालोचक लीला लुइँटेल, ज्ञानु अधिकारी, कवि राजेन्द्र सलभ, पत्रकार एवम् साहित्यकार जयदेव भट्टराई, ठाकुर वेल्वासे, तुलसीहरि कोइराला,अनेसास पुरस्कार समितिका सदस्य एवम् बोस्टन च्याप्टर अध्यक्ष दीपा पुन राई, लगायतका साहित्यिकारहरूको उपस्थिती रहेको थियो ।

1638028687006

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृतिका बारेमा समीक्षा प्रस्तुत गर्नुभएको थियो भने कृतिकारका बारेमा सुमलकुमार गुरुङज्यूले बोल्नुभएको थियो । अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरी र सदस्य रञ्जना निरौला तथा कृतिकारका श्रीमान
विजय गुरुङले कृतिभित्रबाट कवित वाचन गर्नुभएको थियो । अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र के सीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सँचलान अनेसासका केन्द्रीय सदस्य डा. रेणुका सोलुले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु