२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सैद्धान्तिक समस्या समाधान नगरेकोले समानान्तर समिति बनाउनु परेको नेकपा मसाल प्रदेश दुईका संयोजक थापाको भनाइ

२०७८ मंसिर १५, बुधबार मा प्रकाशित ( साल अघि) ६९७ पाठक संख्या

बिदुर खडका,
१५ मंसिरः नेकपा मसाल पार्टीभित्र देखिएको सैद्धान्तिक समस्याहरुलाई मोहनबिक्रम समूहले समाधान नगरी उल्टै समन्वय समितिका सदस्यहरूलाई कारबाही गरेकोले समानान्तर समिति बनाउन बाध्य भएको प्रदेश दुईका संयोजक कर्ण थापाले बताउनुभएको छ ।नेकपा मसालभित्र हालसंम्म देशभरि २३ वटा जिल्ला र बिभिन्न देशमा रहेका प्रवासी संगठनहरूमा समानान्तर समिति बनिसकेको थापाको दाबी छ ।

1638374083051

देशका ठुला कम्युनिष्ट पार्टीभित्र सैद्धान्तिक विचलन, गुट, उपगुटमा बिभाजन भईरहेका बेला नेपाल कम्युनिष्ट पार्टी मसालका बिद्रोही समूहले मोहनबिक्रम सिह र चित्रबहादुर केसीले नेतृत्व गरेको मसाल पार्टिमा चरम अंन्त्रर बिरोध रहेकोले बिभाजनको संघारमा पुगेको हो ।हालको संसदीय व्यवस्थाबाट नै समाजबादमा जान नसकिने निस्कर्ष निकालेको मसाल बिद्रोही समूहले पार्टीले बिशेष महाअधिवेसन आयोजना गरेर बिद्रोही पक्षलाई नसमेटे पार्टी बिभाजन हुने थापाको भनाइ छ ।
नेपालका अरु कम्युनिष्ट, कंग्रेस, राजाबादी र अन्यपार्टीहरुले भनेका समाजवाद जनता भुलाउने चुनावी नारामात्र भएकोले समाजवादि व्यवस्थामा अहिलेको जस्तो भाँडतंन्त्र नहुने र आफूहरूसँग समाजवादको स्पष्ट कार्यनीति रहेको थापा बताउनुहुन्छ ।
हालसंम्म पार्टीका गतिविधि अर्धभूमिगत अवस्थामा रहेको नेकपा मसाल संसदिय प्रणालीमा भने जनमोर्चाको नामले परिचित रहेको छ

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु