२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नगरस्तरीय विद्यालय फुटबलको उद्घाटन खेलमा फत्तेपुर विजयी

२०७८ मंसिर १६, बिहिबार मा प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

सिमरा, १६ मंसिरःःग्रास रुट फाउण्डेसनले आयोजना गरेको अन्तर विद्यालय फुटबल प्रतियोगितामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित श्री नेरामावि फत्तेपुरले विजयी सुरुवात गरेको छ ।

DSC_5059

सिमरा रंगशालामा आज भएको उद्घाटन खेलमा जीतपरसिमरा २ को सेन्ट जोन्स एकेडेमीलाई २–० ले हराएको हो ।
फत्तेपुरको जीतमा आदेश चौधरी र अनिश चौधरीले १–१ गोल गरे । ७० मिनेट निर्धारण गरिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
सेन्ट जोन्सलाई सुरुवाती समयदेखि नै दवावमा राखेको फत्तेपुरले गोलका लागि भने ५४औँ मिनेटसम्म संघर्ष गर्नुपर्‍यो । ५४औँ मिनेटमा फत्तेपुरका आदेश चौधरीले टिमलाई अग्रता दिलाएका थिए । लगत्तै ६५ मिनेटमा अनिश चौधरीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । अनिशको गोल नै फत्तेपुरको जितका लागि निर्णयक बन्यो ।
शारीरिक हिसाबले समेत फत्तेपुरसँग कमजोर देखिएको सेन्ट जोन्स हारसँगै प्रतियोगिताबाटै बाहिरिएको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फत्तेपुरका आशिक राय म्यानअफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार २ खेल हुनेछन् । १२ः३० मा हुने पहिलो खेलमा एक्स सर्भिस मेन एकेडेमी र नेरामावि औराहा भिड्नेछन् भने दिउसो २ः३० बजे लोटस एकेडेमी र सेन्ट अल्फोन्साज ईङ्लीस स्कुलबिच दोस्रो खेल हुने प्रतियोगिताका संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु