२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ग्रासरुट फूटवलमा एक्स सर्भिसम्यान र लोटस एकेडेमीको विजयी सुरुवात

२०७८ मंसिर १८, शनिबार मा प्रकाशित ( साल अघि) ६०६ पाठक संख्या

सिमरा, १८ मंसिरः ग्रासरुट फाउण्डेशनको आयोजनामा सिमरामा जारी नगरस्तरीय फुटबल प्रतियोगितामा एक्स सभिर्सम्यान चिल्ड्रेन एकेडेमी र लोटस एकेडेमीले विजयी सुरुवात गरेका छन् ।

सिमरा रंगशालामा बिहिबारदेखि जारी प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल भएका थिए । जसअन्तर्गत पहिलो खेलमा डुमरवानास्थित एक्स सर्भिसले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहालाई १–० गोलअन्तरले पराजित गरेको हो । एक्स सर्भिसको जितमा विशाल चौधरीले निर्णायक गोल गरे । खेलको १९औं मिनेटमा निर्णायक गोल गरेका चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी दोस्रो खेलमा लोटस एकेडेमीले सेन्ट अल्फोन्सास स्कुललाई २–० ले पराजित गरेको छ । लोटसको जितमा आकाश मोक्तान र दिलकुमार विकले समान एक/एक गोल गरे । आकाशले खेलको १४औं र दिलकुमारले २९ औं मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विवेक बुढाथोकी घोषित भए ।
प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुने आयोजक ग्रास रुट फाउण्डेशनका अध्यक्ष दुर्गा बहादुर थापाले बताए । थापाका अनुसार पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा र दोस्रो खेलमा होली गार्डेन ईग्लिस स्कुल पथलैया र ब्राईटर एकेडेमी स्कुल, सिमराबीच हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु