२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नमुना विद्यालयहरुमध्येकै उत्कृष्ट सिमरा माविमा व्यवस्थापन समितिको नयाँ कार्यसमिति गठन

२०७८ मंसिर १८, शनिबार मा प्रकाशित ( साल अघि) ८२७ पाठक संख्या

सीता अधिकारी
सिमरा, १८ मंसिरः बारा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नमुना विद्यालयहरुमध्येकै उत्कृष्ट विद्यालय नेपाल राष्ट्रिय मावि सिमरामा आज विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति गठन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐनको परिच्छेद ५ को दफा १० को उपदफा १ अनुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हो । यस ऐनअनुसार संवन्धित वडाको वडाध्यक्षको सिफारिसमा समितिको अध्यक्ष चुनिएका हुन भने अन्य सदस्यहरु अभिभावक भेलाबाट चयन गरिएको हो ।
नयाँ कार्यसमितिका अध्यक्षमा गइन्थलाल बस्नेत ( गंगा बस्नेत), सदस्यहरुमा कृष्ण कुमार अधिकारी, गौरव नेपाल, इन्दिरा सुवेदी र अभिभावक सँघको अध्यक्षमा अर्जुन गौतम चयन हुनुभएको छ । यसैगरी अन्य सदस्य भने समितिको पहिलो बैठकले मनोनित गर्नेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा प्रमुख शिवजीप्रसादको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा २ नं वडाका वडाध्यक्ष तिलकबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु क्रमशः नारायण पण्डित, मुकुन्दबहादुर क्षेत्री, नेपाली काँग्रेसका महासमिति सदस्य श्यामबाबु गुप्ता, नेपाली काँग्रेसका नगर अध्यक्ष छवीलाल शर्मा, समाजसेवी हरि थपलिया, नेकपा एमालेकी नेतृ एवं समाजसेवी कमला घिमिर, जसपाका नेता सोहन शर्मा, नेकपा एकीकृत समाजवादीका सोमलाल बम्जन, नगर शिक्षक सँघका अध्यक्ष राजमणि बराल, विद्यालयका सहायक प्रधानाध्यापक एवं शिक्षासेवी अच्युतदेव सिटौला, नाइ सँघका जिल्ला अध्यक्ष ठगइ ठाकुर, विद्यालयका शिक्षकहरु, अभिभावकहरु लगायतका व्यत्तिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयको शैक्षिक तथा आर्थिक गतिविधिका वारेमा विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्यले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा शिक्षक खेम सुवेदीको स्वागत तथा शिक्षक गोपी अधिकारीको सञ्चालन रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु