२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ग्रासरुट फुटबलको चौथो दिन सिमरा पव्लिक र नोबल एकेडेमी विजयी

२०७८ मंसिर १९, आईतबार मा प्रकाशित ( साल अघि) ७५२ पाठक संख्या

ग्रासरुट फुटबलको चौथो दिन सिमरा पव्लिक र नोबल एकेडेमी विजयी
सिमरा, १९मंसिरः ग्रासरुट फाउण्डेसनले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा सिमरा पल्लिक ईङलीस स्कुल (एस.पि.ई.एस) र नोबेल एकेडेमी विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत आजभएको पहिलो खेलमा सेन्ट पिटर्स एकेडेमीसिमरामाथी ३–० को जितनिकाल्दै एस.पि.ई.एस. ले अघिल्लो चरणमा स्थान बनाएको हो । एस.पि.ई.एस.को जीतमा आर्यन लामा र नितेश मगरले गोल गरे । टिमका लागि आर्यन एक्लैले दुई गोल गरेका थिए । सुरुवाती समयदेखी नै दवावमा परेको सेन्ट पिटर्सले पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा लगातार तीनगोल खान पुग्यो ।
३९औँ मिनेटमा विवके ढकालको उत्कृष्ट क्रसमाआर्यनले पहिलो गोल गरे । लगत्तै ४१ मिनेटमानितेस मगरले एक गोल गर्दै टिमलाई २–०को स्थितीमा पुर्‍याए । ४२ मिनेटमै आर्यनले ब्यक्तीगत दोस्रो गोल गर्दा सेन्ट पिटर्स ३–० ले पराजितभयो ।
उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यानअफ द म्याचनितेश मगर घोषित भए ।

त्यस्तै दोस्रो खेलमापाथीभरा स्कुललाई २–१ ले हराउँदै नोबल एकेडेमीले विजयी सुरुवात गरेको छ । अस्मिनथिङ र मोहन विष्टको गोलमा नोबलले अघिल्लो चरणमा स्थान बनाएको हो । २३ मिनेटमा अस्मीन थिङको गोलबाट अग्रता बनाएको नोबलका लागि २९ मिनेटमै मोहन बिष्टले अग्रता दोब्बर पारे ।
एता पाथिभराका लागि आयुष खत्रीले सान्त्वना गोल फर्काएका थिए । खेलको अतिरिक्त समयमा गोल गर्दै आयुषले टिमलाई गोलरहित हुनबाट जोगाए । नोबलका खेलाडीले डि–बक्सभित्र फल गरेपछी पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरिदिएका थिए । खेलको म्यानअफ द म्याच नोबलकामञ्जिल घिसिङ भए । उत्कृष्ट प्रदर्शनसहित घिसिङले ट्रफी हातपारे ।
प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमासेन्ट जोन्स एकेडेमी र नेरामावि बकुलीया खेल्नेछन् । दोस्रो खेलमा न्यु एकता बोर्डिङ स्कुल र शुभतारा एकेडेमीबिच खेल हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु