२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सामाजिक सुरक्षाकोषले दिएको खुसी, आश्रित परिवारको थामिएन आँसु

२०७८ मंसिर २०, सोमबार मा प्रकाशित ( साल अघि) ४७०२ पाठक संख्या

सीता अधिकारी
सिमरा, १९मंसिरः आफ्ना श्रीमानले गरेको योगदानको वृत्ति रकम पाउँदा अमकुमारी कार्कीको आँसु थामिएन । सूर्य नेपालमा कार्यरत उनका श्रीमान विष्णुवहादुर कार्कीको निधन भएपछि श्रीमान विष्णुबहादुरले योगदान गरेको आधारमा उनका आश्रित परिवारलाई सामाजिक सुरक्षा कोषले आजीवन वृति रकम उपलब्ध गराएको थियो । त्यसो त प्रमुख अतिथि रहेका।म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान )को पनि आँखा रसाए
अमकुमारी मात्र होइन, प्रदेश नं २ का १५ आश्रित परिवारलाई आइतबार निवृत्तिभरण तथा शैक्षिक वृति वितरण गरिएको थियो । सामाजिक सुरक्षा कोषले निवृतिभरण उपलब्ध गराएका आश्रित परिवारहरुमा सूर्य नेपालका ४जना, डावर नेपालका २ जना, हुलास स्टिलका १, फ्रलोर हिमालयका १, शंकर चिनीका १, युनिक इञ्जिनियरिंगका १, अरविन्द सप्लायरका १, त्रिवेनी स्पिनिगंका एक, नेस्नल हेल्थ केयरका एक जना गरी १५ आश्रित परिवारलार्ई योगदानमा आधारित सामाजिक सुरक्षा कोष अन्तरगत आजिवनका लागि निवृत्तिभरण तथा शैक्षिक वृत्ति उपलब्ध गराइएको हो ।

के हो सामाजिक सुरक्षा कोष
नेपालको संविधान २०७४ले श्रम सम्बन्धि हक अन्तरगत योगदानमा आधारित समाजिक सुरक्षाको हक प्रदान गर्न सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनमा ल्याएको छ । अधारभूत पारिश्रमिकको एकतीस प्रतिशत कट्टा गरी (रोजगारदाताको तर्फबाट वीस प्रतिशत र श्रमिकको तर्फबाट एघार प्रतिशत) रोजगारदाताले कोषले तोकेको प्रणालीमार्फत प्रत्येक महिना सकिएको पन्ध्र दिनभित्र रकम जम्मा गर्नुपर्दछ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसारआधार (बेसिक) तलबको ३१% रकम – जसमा श्रमिकहरूले आफ्नो तर्फबाट सञ्चय कोषमा जम्मा गर्ने १०% रकम, रोजगारदाताले राखिदिने १०% अनि श्रम ऐन अनुसारको काम सुरु गरेदेखिकै उपदानका लागि कटाइने ८.३३% गरेर २८.३३% रकम, अहिलेसम्म सामाजिक सुरक्षाको लागि तिरेको १% गरि हुन आउने २९.३३% को साथमा रोजगारदाताले थप्ने १.६७% गरि पुग्ने ३१% रकम यो कोषमा आउँछ ।यो कुलमध्ये २८.३३% रकम चाहिँ पेन्सन योजना अन्तर्गत प्रयोग हुन्छ भने बाँकी २.६७% रकम चाहिँ सामाजिक बीमाका लागि प्रयोग हुन्छ । यो बीमा सुविधा अन्तर्गत श्रमिकले मातृत्व सुरक्षा, बिरामी हुँदाका सुविधा, उपचार खर्च, तथा व्यवसायजन्य रोग लागेमा खर्च गर्ने गरि तय गरिएको छ।

कतिले पाए त निवृत्तिभरण तथा शैक्षिक वृत्ति ?
कार्यकारी निर्देश ज्ञवालीका अनुसार नेपालभर २४ लाख श्रमिकले औपचारिक क्षेत्रमा रोजगार गरिरहेका छन् भने ३ लाखजना मात्र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । देशभरबाट निवृत्तिभरण पाउने अहिले एक सय २३ जना रहेका छन् ।

कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश २ का सांसद सुन्दरबहादुर विशवकर्मा, अमेरिकाका लागि अवैतनिक महावाणिज्यदुत प्रेमराजा महत, जीआइजेट नेपालका प्रतिनिधि हेलेन हिव्टे, जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रशासकीय प्रमुख शिवजी प्रसाद, जीतपुर सिमरा नगरउद्योग वाणिज्य सँघका अध्यक्ष सञ्जय कुमाार साह, उद्योग वाणिज्य सँघ बाराका प्रतिनिधि अजय कुमार, सूर्य नेपालका सरविन श्रेष्ठले आफ्नो मन्तवय राख्नुभएको थियो । कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन रोशन कोजुले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३४%१३%२%४%४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु