२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ग्रासरुट फुटबल : क्वाटरफाइनल समीकरण पूरा

२०७८ मंसिर २४, शुक्रबार मा प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

सिमरा, २४ मंसिरः सिमरामा जारी नगरस्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगितामा न्यू एकता ईङ्लीस स्कुल सिमराले पिलुवाको बारा एकेडेमीलाई हराएको छ ।यससँगै प्रतियोगिताको क्वाटरफाईनल समिकरण पूरा भएको छ ।
सिमरा रंगशालामा शुक्रबार भएको खेलमा बारा एकेडेमी माथि ४–० को जीत निकाल्दै एकता क्वाटरफाईनलमा पुगेको हो ।
एकतालाई जित्राउन निरज रामएक्लैले दुई गोल गरे । सुजन खत्री र बब्लु पासवानको नाममा १/१ गोल रह्यो । उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलको म्यान अफ द म्याच एकताका कौसुप श्रेष्ठ बने ।
ग्रासरुट फाउण्डेसनको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत शनिबार देखि क्वाटरफाईनलका खेल सुरु हुनेछन् । सेमी फाईनल प्रवेशका लागि हुने पहिलो खेलमा नेपाल राष्ट्रिय मावि बकुलिया र एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमीबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

263768391_324224499293013_3476435216431103012_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु