२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

थानीमाई वन समूहको निर्वाचन भोलि हुँदै, अध्यक्ष पदमा पाँच जनाको दावी

२०७८ मंसिर २५, शनिबार मा प्रकाशित ( साल अघि) १४०२ पाठक संख्या

सीता अधिकारी
सिमरा, २५ मंग्सिरः थानीमाई सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिका लागि भोलि निर्वाचन हुने भएको छ । नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा पाँच जनाले नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेहरुमा निवर्तमान कार्यसमितिका अध्यक्ष माधवप्रसाद त्रिपाठी त्यसैगरी राजकुमार भट्ट, गोविन्दबहादुर अधिकारी, बुद्धिप्रसाद पाण्डे, राजकुमार वर्तौला रहेका छन् । त्यसैगरी उपाध्यक्ष पदमा अम्विका घिमिरे, भीममाया नेपाल, मनिता भण्डारी रहेका छन् । त्यसैगरी सचिव पदमा शारदा रिजाल, सन्तोषकुमार तामांग, पृथ्वीबहादुर बस्नेत, अम्बिका श्रेष्ठ, भागवत रहेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा श्यामकृष्ण सुवेदी, राजकुमार लामा, टेकप्रसाद पराजुलीले नाम दर्ता गराएका छन् । भोलि विहान १० वजेपछि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १,२, ३ र ४ अन्तरगतका एक हजारभन्दा बढी सदस्यहरु समूहमा आवद्ध रहेका छन् ।

1639223978865

समूहको साधारण सभा
थानीमाइ सामुदायिक वन समूहको १६ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।
1639224009006
समूहका अध्यक्ष माधव त्रिपाठकिो सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघीय साँसद एकवाल मिया रहेका थिए । कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, डिभिजन वन कार्यलयका सामुदायिक वन अधिकृत आवेद हुसेन, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकिशोर साह, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राधाकृष्ण मधयवर्ती सामुदायिक वनका अध्यक्ष सत्य श्रेष्ठ, मुसहर्नी माई सामुदायिक वन समितिका अध्यक्ष कुवेर न्यौपाने, भीमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेशल मुल्मी, नेकपा एमालेका जिल्ला सदस्य भोला अधिकारी, एमाले नगर कमिटिका अध्यक्ष ईश्वर थपलिया, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमोद साह, नेकपा एकीकृत समाजवादकिा मञ्जु भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शारदा रिजालको स्वागत रहेको थियो भने श्यामकृष्ण सुवेदीको सञ्चालन रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु