२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रदेश २ कै उत्कृष्ट डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको २६ औँ वार्षिक सभा सम्पन्न

२०७८ पौष ४, आईतबार मा प्रकाशित ( साल अघि) ६५९ पाठक संख्या

सीता अधिकारी
डुमरवाना, ४ पुसः प्रदेश २ कै उत्कृष्ट दुग्ध सहकारी डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो २६ औँ वार्षिक सभा सम्पन्न गरेको छ ।
1639923198107
संस्थाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादव रहनुभएको थियो । २ हजार ५ सय २ जना सेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७७/७८मा ८८ लाख ७५ हजार पाँच सय मुनाफा गरेको संस्थाका अध्यक्ष न्यौपानेले आफ्नो प्रतिवेदन प्रस्तुतिमा उल्लेख गर्नुभएको थियो ।
1639923159100
त्यस्तै संस्थाका लेखा संयोजक दीपक प्रसाद चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको नीति तथा कार्यक्रम प्रस्तुति संस्थाका व्यवस्थापक सन्तोष भुजेलले गर्नुभएको थियो ।

डुमरवानामा दान उद्योग खुल्ने
प्रदेश नं २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री यादवे डुमरवानामा पशुपालनका लागि दाना उद्योग खोल्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । दुग्ध उत्पादक सहकारी डुमरवानाका प्रतिनिधिले प्रदेश सरकारसँग दाना उद्योग स्थापना गरी सञ्चालन गर्न सके किसानलाई राहत हुने भन्दै सहयोगको लागि अपिल गरेका थिए । सोही अपिल अनुसार प्रदेश सरकार सकारात्मक भएको मन्त्री यादवले बताउनुभयो ।

1639923144178
विभिन्न् व्यक्ति सम्मानित
सहकारीले विभिन्न विधामा काम गर्ने ३६ जनालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । यसरी सम्मान पाउनेहरुमा सर्वोत्कृष्ट किसान २०७८ बाट सम्मानित हुनेहरुमा वासुदेव घिमिरे, शंकरराज अर्याल, नीलकण्ठ सापकोटा रहनुभएको छ ।
1639923180459
त्यस्तै उपकेन्द्र उत्कृष्ट किसान २०७८ बाट सीता कुमारी सिलवाल, दीपक दाहाल, सन्तोषकुमार कार्की, सीताराम ढकाल, निर्मला सापकोटा, नरेश महतो, रामेश्वर खाँ थारु, आश बहादुर वाइवा, प्रमिला कार्की, सुनिता मगर, सक्र बहादुर तामाग, नमप्रसाद रैला, गौरी भट्टराई, लक्ष्मी मगर, खिलबहादुर अधिकारी, लक्ष्मण केसी, धनु श्रेष्ठ, बसुन्धरा घिमिरे, खिना कटुवाल, दीपक पोख्रेल , भूमिराज श्रेष्ठ, इन्द्र बहादुर मगर, सुशिला वाइवा, विष्णुमाया वाइवा, रामचन्द्र आचार्य, महेश भण्डारी, गौरी शंकर साह, लालमहमद मियाँ रहनुभएको छ । त्यस्तै उत्कृष्ट कर्मचारी २०७८ बाट खेमराज जमकटेल, रंगराज नेपाल, शालिग्राम पुडाशैनी सम्मानित हुनुभयो भने उत्कृष्ट व्यपारी २०७८ बाट नारायण घिमिरे सम्मानित हुनुभयो ।
सयपत्रीकर्मी पुरस्कृत
सञ्चारका क्षेत्रबाट समाजमा चेतना फैलाउन भूमिका निर्वाह गरको भन्दै संस्थाले सयपत्रीकर्मी सीता अधिकारीलाई सम्मान गरेको छ ।
1639923125911

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु