२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

थानीमाई वनको अध्यक्षमा अधिकारी सर्वसम्मत

२०७८ पौष ६, मंगलबार मा प्रकाशित ( साल अघि) ९०० पाठक संख्या

सीता अधिकारी
सिमरा, ६ पुसः बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको थानिमाई सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमितिको अध्यक्ष पदमा गोविन्द अधिकारी (विनोद) सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
1640069345400

आगामी पौष १० गतेका लागि निर्वाचन मिति तय भएपनि उम्मेद्धारी दर्ता गर्ने क्रममा सोमवार नै नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षका पदका लागि सर्वसम्मत सहमति जुटेको हो ।
समितिको नेतृत्वमा जानको लागि थानिमाई सामुदायिक वनका निर्वतमान अध्यक्ष त्रिपाठी ,अधिकारी र अन्य २ जनाले नयाँ कार्यसमिति पदमा अध्यक्षका लागि आ आफ्नो दावी गर्दै आएका थिए । अधिकारीको नाम सर्वसम्मत भएपछि नयाँ कार्यसमिति चयनका लागि मतदान प्रकिया स्थगित भएको छ ।
१५ सदस्यिय नयाँ कार्यसमितिको उपाध्यक्षमा अम्बिका घिमिरे,सचिवमा सुकमाया मगर र कोषाध्यक्षमा श्यामकृष्ण सुवेदी रहनु भएको छ । अन्य ११ जना कार्यसमिति सदस्यहरुका लागि ११ ओटा टोल समूहवाट प्रतिनिधि चयन भएर आएपछि कार्यसमिति पूर्ण हुने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताउनुभयो ।

.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु