२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

थानीमाई वनका पदाधिकारीले लिए सपथ, सिमरा पार्कलाई पर्यापर्यटनको गन्तव्य बनाउने योजना

२०७८ पौष १०, शनिबार मा प्रकाशित ( साल अघि) ७०४ पाठक संख्या

सीता अधिकारी
सिमरा, १० पुसः थानीमाई सामुदायिक वन समितिका नव निर्वाचित पदाधिकारीले आज वन संरक्षण र उचित व्यवस्थापन गर्ने भन्दै सपथ ग्रहण गरेका छन् ।

1640421107004
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको थानिमाई सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमितिका अध्यक्ष गोविन्द अधिकारी (विनोद,) उपाध्यक्ष अम्बिका घिमिरे, सचिव सूर्यकला मगर र कोषाध्यक्ष श्यामकृष्ण सुवेदीले सपथ लिनुभएको हो । निर्वाचन समितिका संयोजक एवं डिभिजन वन कार्यलय बाराका सहायक वन अधिकृत आवेद हुसेनले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको थियो ।
1640421129586
कार्यक्रममा निर्वाचन समितिका सदस्य अमृतलाल श्रेष्ठ, सदस्य पार्वती अधिकारी कार्कीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष माधवप्रसाद त्रिपाठीले अध्यक्ष लगायत नवनिर्वाचित पधाधिकारीहरुलाई बधाइ ज्ञापन गर्दै वन संरक्षण र व्यवस्थापनमा उचित भूमिका निर्वाह गर्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
आजकै दिनलाई निर्वाचन समितिले मतदानका लागि मिति तय गरेपनि गत पुस ५ गते नै गोविन्द अधिकारी विनोदको नाम सर्वसम्मत भएपछि नयाँ कार्यसमिति चयनका लागि मतदान प्रकिया स्थगित भएको थियो । चार वर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी बाहेक अन्य ११ जना कार्यसमिति सदस्यहरुका लागि ११ ओटा टोल समूहवाट प्रतिनिधि चयन भएर आएपछि कार्यसमिति पूर्ण हुने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताउनुभयो ।
योजना के छ त?
नवनिर्वाचित अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा थानीमाइृ वनको संरक्षण गर्दै पिकनिक स्थललाई व्यवस्थित बनाउने, पर्यटनका लागि सिमरा क्षेत्रको नाम प्रचारप्रसार गर्ने, काठ दाउरा निश्पक्ष रुपमा वितरण गर्ने, वन संरक्षण गर्न तारवार गर्ने, स्थानीय उपभोक्तामा वन संरक्षणको चेतना जागृत गराउन उपभोक्तासँग बसेर छलफल लगायतका कार्यहरु गर्ने योजना रहेको बताउनुभयो ।

.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु