२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

विमानस्थल र उडान सुरक्षित राख्न जनचेतना आवश्यक भएको सरोकारवालाको भनाइ

२०७८ पौष ११, आईतबार मा प्रकाशित ( साल अघि) ७९८ पाठक संख्या

सीता अधिकारी
सिमरा, ११ पुसः विमानस्थल र हवाइ उडानलाई सुरक्षित राख्न विमानस्थल वरपर कुनै पनि अवरोध हुन नहुने सरोकारवालाहरुले बताएका छन् ।

1640513673705
आज नागरिक उड्यन कार्यलय सिमराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले हवाइ उडान र अवतरणलाई सुरक्षित राख्न जरुरी भएको बताएका हुन् । कार्यक्रममा विमानस्थल वरपर कुनै पनि अग्ला घर टहरा बनाउन नहुने, अग्ला रुखहरु राख्न नहुने मापदण्ड भएपनि कतिपय सर्वसाधारणले यसको चेतना नभएका कारण तला थपेर घर निर्माण गरिदिँदा र अग्ला रुखहरुको कटान नहुँदा समेत जहाजको उडान र अवतरणमा समस्या भएको बताइएको थियो ।
1640513605482

नागरिक उड्डयन कार्यालयका विमानस्थल प्रमुख भुपेन्द्र भट्ट स्थानीय पालिका, वडा र स्थानीय जनताको सहयोग भयो भने विमानस्थल सुरक्षाको उपाय अवलम्बन गर्न सकिने बताउनुहुन्छ ।
1640513564845

अहिले जहाज विमानस्थलको दक्षिणतर्फबाट मात्र उडान र अवतरण हुने गरेको छ ।जहाज उडान भर्दा र अवतरण गर्दा एउटै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसका लागि जनचेतना जगाउन आवश्यक भएको नागरिक उड्यन कार्यालय केन्द्रका सिभिल इञ्जिनियर स्मिता पुँजालीले बताउनुभयो ।
1640515625755

जनचेतनाका लागि नै आफूहरु काठमाडौँबाट सिमरा आएको सिभिल इञ्जिनियर सम्वृद्धि श्रेष्ठले बताउनुभयो । सिमरा विमानस्थलको केन्द्रविन्दुबाट रनवेको दायाँवायाँ २ सय २५ मिटर ट्रान्जिसन एरिया हुन्छ ।
सिमराको विमानस्थलको रनवे लाइनको दायाँबायाँ २ दशमलव ५ किलोमिटर वरपरलाई अब्स्ट्रयाकल एरिया मानिने गरेकोले त्यस्तो वरपर अग्ला संरचना निर्माण गर्न नहुने इञ्जिनियर पुञ्जालीले बताउनुभयो ।

एप्रोच लाइट राख्नुपर्ने माग

अन्तरक्रिया कार्यक्रममा विमानस्थल वरपर एप्रोच लाइट भयो भने ठूला जहाज पनि सिमरामा अवतरण गर्न सकिने निजि जहाज कम्पनीवालाहरुले बताएका थिए । एप्रोच लाइटका कारण रात्री उडानलाई पनि सजिलो हुने उनीहरुले बताएका हुन् । ठूला जहाज अर्थात धेरै सिटे सहज भयो भने काठमाडौँ र सिमराको भाडादर पनि आधा घट्ने उनीहरुले बताएका छन् ।

1640513640670
काठमाडौँ उपत्यकाभित्र रहेको विमानस्थलको एप्रोच लाइट

अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि रामचन्द्र लामा, सिमरा नागरिक उड्यन कार्यालय विमानस्थल प्रमुख भूपेन्द्र भट्ट, यती एयरलाइन्सका अक्कल बहादुर वाइवा, गुण एयरलाइन्सका कमल हमाल, जीतपुर सिमरा उपमहानगरपालिकाका स ई अखिकेश दास, इञ्जिनियर रामनरेश यादव, अभयकान्त झा, एनआइएपीका विजय यादव, लक्ष्मी केसी, शम्भुकुमार मण्डल, सि ए एन एन का इञ्जिनियर स्मिता पुञ्जाली, इन्जिनियर सम्वृद्दि श्रेष्ठ लगायत सुरक्षाकर्मी र सञ्चारकमीृको समेत उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु