२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

वाह ! क्या गजब, नीजगढ नगरपालिकाः पुग्नै पर्ने कार्यालय

२०७८ पौष १४, बुधबार मा प्रकाशित ( साल अघि) २८३९ पाठक संख्या

सीता अधिकारी
नीजगढ, ५माघः ढोकैमा ठूला तामाका घडा राखिएका छन् ।

1640765490386

यसो संघार नाघेर भित्र छिर्ने वित्तिकै छ स्मार्ट बोर्ड । जसमा कार्यलयले गर्ने हरेक कुराको सूचना समावेश गरिएको छ । एकै ठाउँमा बसेर सेवाग्राहीले सबै कुराको जानकारी पाउँछ । सँगै देखिन्छ सेवाग्राहीका लागि निशुल्क फोटोकपी सेवा ।

1640765530599

फोटोकपि गर्न बजारतिर भौँतारिँदा भौँतारिँदै एकै दिनमा एकैछिनमा हुने काम घण्टौँ र दिनौँ लाग्न सक्छ । यसै हुनाले नगरले आफैँ सेवाग्राहीका लागि निशुल्क फोटोकपि गर्ने सुविधा उपलब्ध गराएको छ । भित्र चारैतिर दृष्टि दौडाउने हो भने स्वच्छ, सफा र सुन्दर देखिन्छ । गमलामा फुलेका फूल र हरियालीपूर्ण वातावरण सेवाग्राहीको स्वागतमा मुस्कुराइरहेको भान हुन्छ ।

 

1640765607806

पहिलोपटक नीजगढ नगरपलिकाको कार्यलय छिर्ने जो कोहीको मुखबाट पनि निस्किहाल्छ , वाह ! क्या गजब ।
त्यतिमात्र कहाँ हो र । प्रत्येक शाखाअगाडि तौल लिने मेसिन राखिएको छ । सेवाग्राहीका लागि निशुल्क चियाको व्यवस्था गरिएको छ ।

 

1640765581928

कुनै पनि समस्या आएमा तुरुन्त प्रशासकीय प्रमुख सुमनकुमार कार्कीलाई आफ्नो गुनासो सुनाउन सकिने जानकारी पत्र टाँसिएको छ । प्रत्येक भित्तामा सेवाग्राहीको छिटो छरितो सेवाका लागि शिष्ट व्यवहार हुनुपर्ने उल्लेख गरिएको छ । पुस्तकालय छ ।

यो महिला शौचालयको दृष्य हो ।

 

1640765630177
शौचालय स्वच्छ र सफा छ । ह्याण्डवास लगायत टावेल राखिएको छ । त्योभन्दा महत्वपूर्ण कुरा स्यानीटरी प्याडको व्यवस्था गरिएको छ । एउटा सेवाग्राहीले कल्पना गर्ने पालिका सायद यस्तै होला ।
त्यसो त वाहिरी वातावरण मात्र होइन , कर्मचारीका व्यवहारमा पनि त्यत्तिकै मिजास छ । बोलीमा शिष्टता छ । कार्यशैलीमा सहकार्यता छ । सेवाग्राहीकै समस्यालाई प्राथमिकता दिने उत्तरदायित्व र जिम्मेवारीलाई पूरा गर्ने सीप छ । त्यसो त यी भौतिक चिजहरुलाई कर्मचारी र त्यहाँको जनप्रतिनिधिले प्राण हालेर जीवित तुल्याएका छन् ।

1640765665671
जनप्रतिनिधिको पाँच वर्ष पूरा हुन धेरै समय छैन । पाँच वर्षको यो अवधिमा भवनसमेत नभएको एउटा नगरपालिकाले जनताका कामलाई अगाडि बढाउँदै कार्यलय व्यवस्थापनमा समेत नमुना प्रदर्शन गरिरहेको छ ।
नगरप्रमुख सुरेशकुमार खनाल आफूहरु प्रचारमुखी भन्दा पनि जनताको काम नै सर्वोपरी ठान्दै अघि वढेको बताउँछन् । आफू आइसकेपछि नगरको शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी लगायतका क्षेत्रहरुले विकासको फड्को मारेको खनालको भनाइ छ । त्यस्तै उपप्रमुख लिला लामिछाने खनालको पनि प्रचारमा भन्दा पनि कामप्रति ध्यान दिने गरेकोले त्यति चर्चामा नआएको भनाइ छ । आफूले देखेका अन्य पालिकामध्ये नीजगढ नगरपालिकाको कार्यलय छिर्दा जो कोही प्रभावित हुने र आफूलाई पनि आनन्दको अनुभूति भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल बताउँछन् । त्यसो त आफ्नो पालिकालाई कसरी व्यवस्थित तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने कुराको नमुना हेर्न एकचोटी नीजगढ नगरपालिकाको कार्यलय पुग्नै पर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३५%४२%३%६%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु