२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अन्तरसमूहको प्रतिनिधिबाटै हटाइए सानाकिसानका वर्तमान अध्यक्ष लामिछाने

२०७८ पौष १४, बुधबार मा प्रकाशित ( साल अघि) १२२१ पाठक संख्या

डुमरवाना, १३ पुसः साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछानेलाई अन्तरसमूह नं ९ ले प्रतिनिधिबाट प्रत्यावहन गरेको छ । डुमरवाना केन्द्रको अन्तरसमूह नं ९ का अध्यक्ष गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज पुस १३ गते वसेको बैठकको निर्णयले अन्तरसमूह प्रतिनिधि नरहने गरी प्रत्यावहन गरेको हो । बैठकको ५ औँ नम्बरको निर्णयमा साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाको विनियमको परिच्छेद ९ को दफा ७०को उपदफा ४ मा व्यवस्था भएअनुसार यस अन्तरसमूह प्रतिनिधि विश्वनाथ लामिछानेज्यूलाई अन्तरसमूह प्रतिनिधि नरहने गरी प्रत्याहवन गर्ने निर्णय गरियो भनिएको छ । साथै कुनै समूहको प्रतिनिधित्व गरिरहेको व्यक्ति, सेवा केन्द्र समितिको सदस्य वा पदाधिकारी भैरहेको व्यक्तिले आफ्नो पदको जिम्मेवारी पूरा नगरेको, साधारण सभासम्बन्धी सहकारी विभागको २०७८/०६/०८को निर्देशन कार्यानवयन नगरेको, सञ्चालक समितिको सर्वसम्मत निर्णयहरु सम्पन्न गर्न बाधा पुर्याएको, मिति २०७८/०९/०८ गते सञ्चालक समितिको अपूर्ण बैठकद्वारा साधारणसभा आह्वान गरिएको लगायतको वुँदा राखि निर्णय गरिएको छ । हेर्नुहोस् ःनिर्णयहरुः

1640793675653

1640793648567

1640793662974

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु