२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

‘बहुमतले पारित’ भन्ने कुरामा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी

२०७८ पौष १५, बिहिबार मा प्रकाशित ( साल अघि) ५५० पाठक संख्या

सिमरा, १५ पुसः साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका बहुमत सदस्यहरुले साधारण सभाको मिति र कार्यक्रम आफूहरुको निर्णय विना नै बहुमतले पारित गरेको भन्ने कुरामा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । साना किसान कृषि सहकारी संस्था डुमरवानाका १३ जना सञ्चालक समितिका सदस्यहरुमध्ये गत पुस ८ गते वसेको सञ्चालक समितिको बैठकको माइनुटको निर्णयमा ५ जनाको मात्र हस्ताक्षर भएको र त्यसलाई बहुमत भनि हवाला दिएकोमा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा आफूहरु साधारणसभाको पक्षमा भएको र शेयरसदस्यको भौतिक उपस्थितिमा गराउनुपर्ने लगायतका कुराहरु उल्लेख गरिएको छ । प्रेस विज्ञप्तिमा सञ्चालक समितिका उपाध्यक्ष सीता मैनाली, सदस्यहरु प्रदीपसिंह बराल, मिनादेवी चौधरी, शारदादेवी रिजाल, धनमाया लामा, संगिता कुमारी पाण्डे, लक्ष्मी गिरीले हस्ताक्षर गरेका छन् । विज्ञप्ति हेर्नुहोसः

1640863909269

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु