२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

साहित्यका लागि पर्यटन काव्य यात्रा एवम् साँस्कृतिक कार्यक्रम गोरखामा सम्पन्न

२०७८ पौष २२, बिहिबार मा प्रकाशित ( साल अघि) १००१ पाठक संख्या

गोरखा, २२ पुसः साहित्यका लागि पर्यटन काव्य यात्रा एवम् साँस्कृतिक कार्यक्रम गोरखामा सम्पन्न भएको छ ।

1641471979513

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना तथा गोरखा नगरपालिकाको प्रायोजन र अनेसास सदस्य शान्ता बस्नेतको संयोजनमा साहित्यिक एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षतामा सम्पन्न ऊक्त कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिओटिका अध्यक्ष गीता खत्री ,नगरपालिकाका उपप्रमुख बिणा श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अनेसास केन्द्रका सचिव बिमला निरौला, केन्द्रीय सदस्य डा. रेणुका सोलु, समालोचक लिला लुइँटेल रहनुभएको थियो । नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसी,, गीता कार्की, गीता मैनाली,बरिष्ठ पत्रकार जयदेव भट्टराई, कवि एवम् सञ्चारकर्मी मणि लोहनी, अनेसास सदस्य हरिबोल ढकाल, सदस्य सुष्मा अंशु , राष्ट्रिय कलाकार द्वय देवु वरा एवम् लक्ष्मी तिवारी , सञ्चारकर्मी एलिसा ढुङ्गाना लगायत गोरखाका स्थापित साहित्यकर्मीहरू नारायण प्रसाद पोख्रेल, सुरेन्द्र देवकोटा, विजयभक्त उपाध्याय, प्रदिप रोदन, यदु अधिकारी, उदय भट्टको उपस्थिति रहेको थियो ।

1641471966994

कार्यक्रम सञ्चालनको भूमिकामा अनेसास नेपाल च्याप्टरका सदस्य मधु पाठक हुनुहुन्थ्यो । कार्यक्रममा कविचा वाचन, शुभकामना मन्तव्य , सँस्थाका गतिविधिका बारेमा जानकारी, साहित्यले पर्यटनलाई पार्ने सकारात्मक प्रभाव, पर्यटनले आर्थिक सम्वृद्विमा पुर्‍याएको टेवाका बारेमा चर्चा परिचर्चा भएको थियो । साहित्यको गरिमालाई मनन गर्दै अबको पालिकाको कार्यक्रमभित्र साहित्यलाई सङ्गै जोडेर लाने समेत नगरपालिका प्रमुख एवम् उपप्रमुख दुवैले प्रतिवद्वता जनाउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार देवु वरा र लक्ष्मी तिवारीले साँस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

1641471993096

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु