२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जनकल्याण साकोसको १९ औँ वार्षिक सभामा उत्कृष्ट विद्यार्थीसहित विभिन्न विधाका व्यक्ति सम्मानित

२०७८ पौष २४, शनिबार मा प्रकाशित ( साल अघि) ५५४ पाठक संख्या

सीता अधिकारी
सिमरा, २४ पुसः जीतपुर सिमराकै सबैभन्दा जेठो सहकारी जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक सभाको अवसर पारेर विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई सम्मान गरेको छ । सहकारीले आफ्नो सेवा क्षेत्रभित्रका चारवटा विद्यालयका उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलगायत विभिन्न विधामा शेयर सदस्यहरुलाई समेत सम्मान गरेको हो ।

1641647539506

सम्मानित हुने विद्यार्थीहरुमा नेपाल राष्ट्रिय मावि पथलैयाका कक्षा १२ मा अध्ययनरत अंशु भट्ट, कक्षा दशमा अध्ययनरत दिक्षा गुरुङ्, सरस्वती आधारभूत विद्यालय हुलासमा कक्षा ६ मा अध्यनरत सम्झना बोहोरा, कक्षा ५ मा अध्यनरत सत्यम कर्ण, नेरा आधारभूत विद्यालय मुसहर्नीमाईमा कक्षा आठमा अध्ययनरत सारा मोत्तान र कक्षा सातमा अध्ययनरत दिवस सुनार, त्यस्तै नेरा आधारभूत विद्यालय नगोलमा कक्षा मा अध्ययनरत रागिनी राय र कक्षा मा अध्ययनरत कृष्णसिंह दनुवार रहेका छन् । उनीहरुलाई जनही २ हजार ५ सय र सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी असल वचतकर्ता टेकबहादुर थापा र गोमा घिमिरे, बाल बचतकर्ता रुपेश बछार र कृत्तिका बस्नेत, त्यस्तै गरी जेष्ठ शेयर सदस्यमा ७८ वर्षीया देवमाया वस्नेतलाई सम्मान गरिएको थियो ।

1641647519209

त्यस्तै असल कारोवारीका रुपमा लक्ष्मी अधिकारी र सिर्जना थापा मगरलाई सम्मान गरिएको थियो । त्यस्तै गरी वचत समूह तर्फ प्रगतिशील बचत समूह र दनुवार वचत समूहलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष मधुकर सिटौलाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको कार्यक्रमको प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष तिलकबहादुर श्रेष्ठ रहनुभएको थियो ।

 

1641647649138

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, जीतपुरसिमरा उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख दुर्गा न्यौपाने, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिता लम्साल, श्रमिक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, प्रभातफेरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष, औराहा पशुपालन कृषि सहकारी संस्थाका अध्यक्ष मदनबहादुर क्षेत्री, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष सत्य श्रेष्ठ, भीमेश्वर मध्यवर्ती वन समूहका अध्यक्ष पेशल मुल्मी, नेरामावि सिमराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा वस्नेत, नेपाल राष्ट्रिय मावि सिमराका सहायक प्रधानाध्यापक अच्युतदेव सिटौला, पत्रकार प्रकाश लम्साल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनजागरण मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष ताराबहादुर कार्की, मुसर्नीमाई मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष कुवेर न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष कमला घिमिरेले स्वागत गर्नुभएको थियो भने संस्थाका सदस्य कृष्ण सिग्देलले सञ्चालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु