२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

तराई यातायात सहकारीको अध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित

२०७८ पौष २४, शनिबार मा प्रकाशित ( साल अघि) ७३९ पाठक संख्या

सिमरा,२४ पुसः तराई यातायात व्यवसायी सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभाबाट ओमकृष्ण कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

1641657360319

बाराको सिमरामा रहेको उक्त सहकारीको प्रारम्भिक सभावाट समितिको वरिष्ठ उपाध्यक्ष राजेशभक्त पौडेल, उपाध्यक्षमा दिनेश सुवेदी, सचिव युवराज न्यौपाने, सहसचिव नवीन थापा, कोषाध्यक्ष कुमार राई र सहकोषाध्यक्ष सुस्मिता उपाधयाय निर्विरोध चयन भएका हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रामबहादुर कार्की, लोकराज पौडेल, देवकुमार श्रेष्ठ, हिरामाया मुल्मी, प्रमोदकुमार श्रेष्ठ, तारानाथ पौडेल सर्वसम्मत चयन हुनुभएको छ । त्यसरी नै लेखासमितिमा उत्तम प्रसाद अधिकारीको संयोजकत्वमा नारायणप्रसाद घिमिरे र विजय रन्जितकार सदस्य रहनुभएको छ । निर्वाचित कार्य समितिलाई आजै पद तथा सपथ ग्रहण निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत राजमणि वराल र निर्वाचन समिति सदस्य गोपी अधिकारीले गराउनुभएको थियो ।
५० जना सेयर सदस्य भएको संस्थाको शेयर पूँजि एक करोड दुई लाख रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु