२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

स्थानीयको गुनासोपछि सँयुक्त रूपमा खोला अनुगमन

२०७८ पौष २६, सोमबार मा प्रकाशित ( साल अघि) ७२९ पाठक संख्या

बिदुर खडका
सिमरा, २६ पुसः बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा रहेका खोलाहरुमा नदी उत्खनन र दोहन भएको भन्ने स्थानीयहरुको गुनासो आएपछि जिल्ला समन्य समिति बारा र जिल्ला प्रशासन कार्याल बाराले सँयुक्त रुपमा खोलाहरु अनुगमन गरेको छ ।

 

1641806857802

अनुगमन टोलीले यस क्षेत्रमा संञ्चालनमा रहेका ४ वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रहरुबाट आवश्यक कागजपत्र नियन्त्रणमा समेत लिएको छ ।अनुगमन टोलीका प्रमुख एवं समन्वय समितिका प्रमुख नवलकिशोर सिँहले उद्योगहरु सामान्य अवस्थामा हेर्दा नियम संगत हिसावले चले नचलेको भन्ने बारे कागजपत्रहरु अध्ययन भईरहेकोले १ /२ दिनमा रिजल्ट निक्लने प्रतिक्रिया दिनुभयो ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यलय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, प्रहरी नायव उपरीक्षक राजेश थापा, समन्वय समितिका अधिकारी सुनिल चौरसिया, राजस्व कार्यलय कलैयाका र स्थानिय प्रशासनको सहभागिता रहेको थियो ।
यस क्षेत्रमा रहेको बालगंगा लगायतका खोलामा संञ्चालित बालुवा प्रशोधन केन्द्रहरुमा नदीजन्य पदार्थहरुको उत्खननमा रोक लगाएको बेलामा समेत क्रसर र बालुवा प्रशोधन उद्योगहरु सञ्चालनमा रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु