२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेकपा एसको अगुवा युवा भेला सिमरामा, १०१ सदस्यीय कमिटि गठन

२०७८ पौष ३०, शुक्रबार मा प्रकाशित ( साल अघि) ६७७ पाठक संख्या

सिमरा, ३० पुसः जीतपुर सिमरा उपमहानगरपालिकामा आज युवा भेला सम्पन्न भएको छ ।

Facebook_1642159037105_6887714217968994714 (1)

नेकपा समाजवादीको भातृसंगठन युवा सँघ नेपालको नगर कमिटिले आयोजना गरेको भेला सम्पन्न भएको हो । युवा सोमलाल बम्जनको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य एवं बारा जिल्ला इन्चार्ज दिनेश राई रहनुभएको थियो ।त्यसैगरी कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य सुन्दरबहादुर विश्वकर्मा, प्रदेश कमिटि सदस्य कृष्ण खनाल, ईश्वर ढकाल, प्रदेश कमिटि सदस्य कमला अधिकारी,जिल्ला कमिटि सदस्य एवं युवा सँघ बाराका उपाध्यक्ष आर के भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

1642173713179

कायक्रममा जिल्ला कमिटि सदस्य द्वारिका उप्रेती, नारायणप्रसाद घिमिरे, पूर्णचन्द्र तिमलसेना, अनिल भण्डारी, मन्जु खनाल, मन्जु बानिया, विकास साह, रामदास धैजु, चिनीमाया परिवार, रामविनय साह, लालबाबु पटेल, अनिता शर्मालगायतको उपस्थिति रहेको थियो ।
भेलाले सोमलाल बमजनको अध्यक्षतामा १०१ सदस्यीय युवा कमिटि गठन तथा सपथ ग्रहण समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु