२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नगर करमा भारी वृद्धिः उद्योग वाणिज्य सँघले बुझायो ध्यानाकर्षण पत्र

२०७८ माघ ११, मंगलबार मा प्रकाशित ( साल अघि) ७९० पाठक संख्या

राजमणि बराल
सिमरा, १० माघः बाराको जीतपुरसिमरा उप महानगरपालिकाले यस आर्थिक वर्षबाट सम्पत्ति करमा हजार प्रतिशतले वृद्धि गरेको भन्दै नगर उद्योग वाणिज्य सँघले ध्यानाकर्षण पत्र बुझाएको छ ।

1643082175749

नगर उद्योग वाणिज्य सँघका अध्यक्ष सञ्जय साहद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कोभिडको महामारीमा लकडाउन र निषेधाज्ञाले आमजनताको क्रयशक्ति कमजोर बनेको, होटल तथा पर्यटन व्यवसाय धराशय बनेको जनतालाई हातमुख जोड्न समस्या भएको र कतिपय उद्योगहरु टाट पल्टेको र बैँकको साँवा व्याज तिर्न नसकी घरवार लिलाम भएको अवस्थामा आर्थिक ऐन २०७८ मार्फत सम्पत्ति करमा भएको यो वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

1643082212685

ज्ञापनपत्र बुझाएपछि उपमहानगरको कार्यलयमा तालावन्दी गरेको भएपनि कार्यलयले ताला खोलेर कार्यसम्पादन कार्य अघि बढाएको छ । नगर उद्योग वाणिज्य सँघका अध्यक्ष साह उद्योगी व्यापारीलाई मात्र नभएर सर्वसाधारणले समेत धितो प्रमाणित लगायत अन्य कार्य गर्दा मर्का पर्ने बताउनुहुन्छ । उहाँले आर्थिक ऐन मा उल्लेख गरिएको कुरा संशोधन गर्न पहल गर्न सम्पूर्ण राजनीतिक दललगायत सरोकारवालालाई आग्रह गर्नुभयो ।

के भन्छन् नगर राजश्व प्रमुख ?

उता राजश्व प्रमुख पूर्ण तिवारीसँग टेलिफोन सम्पर्क गर्दा राजश्व परामर्श समितिको बैठकले नै पारित गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, हामीले उद्योग वाणिज्य सँघका प्रतिनिधि र समितिमा रहनुभएका जनप्रतिनिधिलाई उपस्थितिको लागि धेरै पटक आग्रह गर्यौँ तर नआएपछि वडाध्यक्षलगायतको राजश्व परामर्श समितिले छलफल गरेर कार्यपालिकामा पेश गरेको हो । कार्यपालिकाले पास गरेपछि नगर सभामा लगेका हौँ र नगर परिषदबाट पनि पास भएपछि लागू गर्न लागिएको हो ।’ उहाँ तत्कालिन गढीमाई नगरपालिका हुँदा रहेको करमा सामान्य फेरवदल हुन्थ्यो, हाल उपमहानगर भएपछि करको दायरा अलिकति बढाएको मात्र हो , अन्य छिमेकी जिल्लाको नगरलाई हेर्ने हो भने हाम्रो नगरमा लागू गरिएको कर कम नै देखिने बताउनुहुन्छ । तिवारीका अनुसार प्रक्रियागत रुपमा आएकोले यसको जिम्मा सम्पूर्ण सरोकारवालाले नै लिनुपर्छ ।
उहाँकै भनाइअनुसार अहिले लागू भैसकेको कर कसैले भनेर हटाउन सक्ने अवस्था छैन । यसलाई हटाउने नै हो भने नगरको विशेष अधिवेशन बोलाएर संशोधन गर्नुपर्छ कि भने अर्को नगरपरिषदबाट पारित गराउनुपर्दछ । यस कार्यमा आफ्नो कुनै हात नरहेको नगरका राजश्व प्रमुख तिवारीको जिकिर छ । यस सम्बन्धमा जाकारी लिनका लागि नगरप्रमुख डा. कृष्ण पौडेल र प्रशासकीय प्रमुख चेतप्रसाद पोख्रेलसँग सम्पर्क गर्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन ।
हेर्नुहोसः आर्थिक वर्ष २०७७ र आिर्थिक वर्ष २०७८को सम्पति करको दरः
1643081546391

1643083123984

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु