२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सयपत्री समाचार प्रभाव, पूर्वमन्त्री साहले दिइन् म्याट र चापाकल, खुसी भए ९१ वर्षीय बाबाजी र बालबालिका

२०७८ माघ १४, शुक्रबार मा प्रकाशित ( साल अघि) १०६५ पाठक संख्या

सीता अधिकारी
श्रीपुर, बेलवाडी, १४ माघः समाज सेवा गर्न पदमा बस्नुपर्छ र धेरै धन कमाउनुपर्छ भन्ने हुँदैन । पदमा नवसेपनि समुदायमा सेवा पुर्याउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ ज्वाला साह । बाराको कलैया उपमहानगरपालिका वडा नं २४ श्रीपुर वेलवाडीमा रहेको रामजानकी मठका पूजारी रामशरण दास (बाबा)सँग ट्यूसन पढ्न आउने बालबालिकाका लागि ओछ्याउने म्याट
1643363398097

र खानेपानीका लागि चापाकलको व्यवस्था पूर्वमन्त्री ज्वाला साहले गरिदिनुभएको छ । करिब ३० हजार बराबरको चापाकल डण्डी र म्याट व्यक्तिगत खर्चमा नै उहाँले उपलब्ध गराउनुभएको हो ।

1643363377327

विहानको चिसो सिरेटो, धुले भूँइमा वसेर पढ्ने बालबालिका म्याटमा वस्न पाएपछि खुसी भएका छन् । उता ९१ वर्षीय वृद्ध दास बाबा पनि आफ्ना शिष्यहरु म्याटमा वस्न पाएको र अब पढ्ने ठाउँमै खानेपानीको समेत व्यवस्था हुन लागेपछि आफूलाई सन्तोष लागेको बताउनुहुन्छ ।
1643363444818

उहाँले ४२ वर्षदेखि निरन्तर स्थानीय बालबालिकालाई ट्युसन पढाउँदै आउनुभएको छ । बिहान सबेरै उठेर पूुजापाठ गरेपछि डेढघण्टा र दिउँसोको समयमा २ घण्टा बालबालिकालाई पढाउने उहाँको दैनिकी हो ।
गत माघ ७ गते यसै सयपत्री अनलाइनमा यस पङ्क्तिकारले ९१ वर्षका वृद्धले ४२ वर्षदेखि निरन्तर पढाउँदै आएको समाचार ‘शीतलहरमा ९१ वर्षीय बाबाको शिक्षाको न्यानो घाम बन्दै भन्ने समाचार’ लेखेपछि यसतर्फ धेरैको चासो बढेको थियो ।
हेर्नुहोस लिङ्कः

ज्वाला साह हुन त पूर्व मन्त्री हुनुहुन्छ । नेकपा माओवादीबाट तत्कालिन समयमा साँसद पद जितेको भएपनि नेकपा एमालेमा प्रवेश गरी मन्त्री समेत भैसक्नुभएको छ । पाटी फेरिएपछि उहाँको साँसद पद गुमेको छ । पूर्वमन्त्री साह समाचारले मन छोएको बताउँदै बाबा दासले आफूलाई केही चाहिएको छैन बालबालिकाको लागि म्याट र खानेपानी व्यवस्थापन गरिदिन आग्रह गरेकोले आफू प्रभावित भएर उक्त सहयोग गरेको बताउनुभयो ।
1643363420686

1643363434342

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु