२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

फकिरा माविमा विज्ञान प्रयोगशाला उद्घाटन, पहिलोपटक साँगीतिक कार्यक्रमको आयोजना

२०७८ माघ २३, आईतबार मा प्रकाशित ( साल अघि) ७७९ पाठक संख्या

सीता अधिकारी
जीतपुर, २३ माघः नगरकै जेठो विद्यालय फकिरा गिरी राजेश्वर गिरी मावि जीतपुरमा श्रीपञ्चमीको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरमा रहेको सो विद्यालयमा सरस्वतीपूजाको अवसर पारेर विविध कार्यक्रम आयोजना गरिएको हो ।

1644152865562

विज्ञान प्रयोगशालाको उद्घाटन

सरस्वती पूजाको अवसर पारेर विद्यालय व्यवस्थापन समितिका अधयक्ष एवं वडा नं ७ का वडाध्यक्ष रामबाबु गुप्ताले विज्ञान प्रयोगशालाको उद्घाटन गर्नुभयो ।
1644140631841
नेपाल सरकारवाट विज्ञान प्रयोगशालाका लागि प्राप्त रकमबाट चार लाख ६१ ह्जार रुपियाँ बराबरको प्रयोगशाला सामग्री र प्रयोगशाला कोठा व्यवस्थापन खर्च समेत गरी ६ लाख ५० हजारमा प्रयोगशाला निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य मुरारीबाबु पुरीले जानकारी दिनुभयो ।

ट्रस्टसहित मञ्चको उद्घाटन

सरस्वती पूजाकै अवसर पारेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष रामबाबु गुप्ताले ट्रस्टसहित मञ्चको उद्घाटनसमेत गर्नुभएको छ । विद्यार्थीहरुको अतिरिक्त क्षमतालाई प्रस्फुटन गर्न विभिन्न कार्यक्रमको आयोजना गर्न सजिलो होस भनि निर्माण गरिएको मञ्चको उद्घाटन गरिएको हो ।
1644140585749

साँगीतिक कार्यक्रमको आयोजना

यस वर्षको सरस्वती पूजामा विद्यालयमा पहिलोपटक साँगीतिक कार्यक्रमको आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले हौसला र प्रोत्साहन दिएपछि साँगीतिक कार्यक्रमको आयोजना सभ्य र शिष्ट तरिकाले सम्पन्न भएको थियो ।
1644140598476

साँगीतिक कार्यक्रमको सहजीकरण शिक्षक धनन्जय गौतम र सन्दिप चौरसियाले गर्नुभएको थियो ।

सरस्वती पूजा कार्यक्रम

विद्यालयमा विद्यार्थी तथा शिक्षकशिक्षिका, कर्मचारी एवं सरोकारवालहरुले सरस्वती पूजा गरेका थिए । विद्यालयका शिक्षक प्रमोद महतो कर्ता बनी पूजा सम्पन्न गर्नुभएको थियो ।

उपस्थिति

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष रामबाबु गुप्ता, समाजसेवी मुन्नी पाठक, विद्यालय व्यवस्थापन समितिका सदस्य मुरारी पुरी, ज्ञानी पासवान, सुन्तली अधिकारी, मनोज पासवान लगायत शिक्षक प्रतिनिधि सञ्जय पटेल, सहायक प्रधानाध्यापक धनन्जय गौतम, सीता अधिकारी, सीता दाहाल, सन्दिप चौरसिया, अम्भु गुप्ता, सुनिल सिंह, जीतेन्द्र चौधरी, भगवती लम्साल, प्रमोद महतो, सावित्री सिंह, रिमा यादव, काजल भारती,कर्मचारीहरु दिलिप गुप्ता, ध्रुव ढकाल, ऋषि गैह्रे, सावित्री ढकाल , अनिल साह लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु