२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

स्थानीयलाई लक्ष्यित गर्दै होटल इच्छाले ल्यायो फूड फेस्टिवको योजना

२०७८ फागुन ७, शनिबार मा प्रकाशित ( साल अघि) १४६४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ७ फागुनः सर्वधारणका लागि साह्रै महङ्गो लाग्ने चार तारे होटल इच्छा सिमराले अव सर्वसाधारणले खानाको पैसा तिर्न सक्ने गरी फूड फेस्टिबलको आयोजना गरेको छ ।
1645278516637

आज शनिवारकै दिनदेखि प्रत्येक शनिवार स्थानीय गाउँलेको आवश्यकतालाई मध्यनजर गर्दै होटल इच्छाले फूड फेस्टिवलको आयोजना गरेको होटल इच्छा प्रा. लिका प्रबन्ध निर्देशक कौशलकुमार सिंहले बताउनुभयो । उहाँले स्थानीय वजारकै दर रेटमा स्थानीय खानालाई प्राथमिकता दिँदै यो खाद्य उत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

1645275048382

होटल इच्छाका सञ्चालक इच्छाबहादुर वाग्लेले होटल महंगो, सर्वसाधारण छिर्न नसक्ने भन्ने भ्रमलाई हटाएर वीरगञ्जदेखि जीतपुर, सीमरा,नीजगढ हेटौँडासम्मका सर्वसाधारणलाई बजारकै दररेटमा होटल इच्छाले खाना लगायतका सेवा सुविधा उपलब्ध गराउने जानकारी गराउनुभयो ।

1645275086675

उहाँले अव होटल इच्छालाई चारतारेबाट पाँचतारेमा बढोत्तरी गर्न आन्तरिक पूर्वाधारहरु तयार पार्दै लगेको समेत बताउनुभयो ।
फूड फेस्टिवमा सर्वसाधारणका लागि तयार पारेको खानाको मेन्यु निम्नानुसार रहेको छ:

1645277061796

1645275103668

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२८%११%६%२%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु